सफल कथासमाचार

कसरी बने इलोन मस्क संसारकै सबैभन्दा धनी व्यक्ति ? सफलताको कथा

Gobal IME Bank

काठमाडौं । केही मानिसहरु उनलाई जिनियस भन्दछन् भने केही मानिसहरु उनलाई रियल लाइफ आइरन म्यान भनेर सम्बोधन गर्ने गर्दछन् । जुन काम ठूला ठूला सरकार र व्यापारीहरुले गर्न सकेनन् आज त्यही काम उनी एक्लैले गरेर देखाएर दुनियालाई आश्चर्य चकित बनाएका छन् । उनी एक इन्जिनियर त थिए नै तर सफल उद्यमी र व्यापारीको रुपमा पनि संसार सामू परिचित हुन थाले । यी तिनै व्यक्ति हुन जसले स्पेस एक्स, पेपाल र टेस्ला मोटर्सलाई विश्व माझ स्थापित गर्न सफल भए । उनी हुन संसारकै सबैभन्दा धनी व्यक्ति इलोन मस्क ।

सन् १९७१ मा जन्मिएका मस्कको पुरा नाम इलोन रिभ मस्क हो । उनले आफ्नो बाल्यकल साउथ अफ्रिकामा बिताएका थिए । उनका पिता एक इन्जिनियर थिए र उनकी आमा मोडल थिइन् ।

मस्कको पारिवारिक जीवन निकै कठिन रह्यो । उनी स्वअध्यी (सेल्फ लर्नर) थिए । उनमा अरुले बोलेको कुराहरु छिटै नै बुझ्न सक्ने क्षमता थियो । उनी जे पढ्ने गर्थे त्यसलाई एकदम रुचिका साथ पढ्थे । सानै उमेरदेखि उनको हातमा कुनै न कुनै पुस्तक हुने गर्दथ्यो । उनका भाईका अनुसार उनले दिनमा दश घन्टासम्म पढ्ने गर्थे । उनको अर्को एउटा अनौठो बानी थियो । जब उनी कसैसगँ कुरा गर्न थाल्थे तब उनी आफ्नो सोचमा हराउन थाल्थे । यसको मतलब उनको इम्याजिनेसन पाउर धेरै राम्रो थियो । जब उनी कुनै कुरा सोचिरहेका हुन्थे उनको फोकसको लेभल यति धेरै हाइ हुन्थ्यो कि उनले आफू वरिपरीका कुरा बिर्सिन्थे ।

हुने बिरुवाको चिल्लो पात भनेझैँ इलोन सानै उमेरदेखि आफ्नै अध्ययन र अनुसन्धानमा लागिसकेका थिए । नौ वर्षको कलिलो उमरमै उनको रुचि कम्प्युटरमा बढ्दै गयो । उनको इच्छास्वरुप परिवारले उनको लागि कम्प्युटर ल्याइदिए । कम्प्युटरसगैँ साथमा एक गाइड पनि हुन्थ्यो जसलाई पढेर सकाउन एक साधारण व्यीक्तलाई झन्डै छ महिना लाग्दथ्यो तर नौ वर्षका मस्कले तीन दिनमै नसुतिकन उक्त गाइड पुरा गरिदिए । बाह्र वर्षको उमेरमा उनले त्यही स्केलको उपयोग गरेर ब्लास्टर नामक एक भिडियो गेम बनाए । सन् १९८३ मा उनले त्यो गेम ५०० डलरमा कम्प्युटर म्याग्जिन कम्पनीलाई बेचिदिए ।

यसरी इलोन मस्कले सानै उमरमा स्टार्टअपको आइडिया पाइसकेका थिए जसले उनको मस्तिसकमा अगाडिको सफलताको बीज लगाइदिएको थियो । उनी सत्र वर्षको उमेरमा साउथ अफ्रिकालाई सदाका लागि छोडिदिए । त्यसपछि उनी क्यानेडा गए । त्यहाँ उनको सुरुको समय कठिनाइमा बित्यो । सन् १९९२ मा उनी अमेरिकाको युनिर्भसिटी अफ पेन्सलभेनियामा भर्ना भए । त्यहाँ उनले डबल डिग्री लिनका लागि अर्थशास्त्र र भौतिक शास्त्रमा आफ्नो पढाई सुरु गरे । यही समय थियो जब उनले भविष्यमा कुन क्षेत्रमा काम गर्दा संसारलाई सहयोग पुग्छ भन्नेतर्फ लागे । त्यसमा उनले पाँच चिजहरु सोचेका थिए । ती थिए इन्टरनेट, सस्टिनेबल इर्नजी, स्पेस एक्सप्लोरेसन, अर्टिफिसियल इन्टलिजेन्स र ह्युम्यान जेनेटिक कोड मोडिफिकेसन । यसै कम्रमा मस्कले आफ्ना भाईसगँ मिलेर जीप टु नामक एक कम्पनी बनाए । इलोन लिड प्रोग्रामर थिए र दिनरात कम्प्युटरमा काम गर्थे । सन् १९९९ सम्ममा इन्टरनेट कम्पनी तीव्र रुपमा फैलिदै थियो ।

अन्ततः कम्प्याक नामक कम्पनीले जीप टु लाई ३०७ मिलियन डलरमा किन्यो । त्यसपछि उनले एक्स डट कम र कन्फिनिटी नामक कम्पनीलाई मर्ज गरी पेपालको स्थापना गरे । यसैगरी सन् २००२ मा इबेलाई १.५ बिलियन डलरमा उनले पेपाललाई बेचे । सन् २००२ मा पेपाल बेच्ने बित्तिकै उनले स्पेस एक्स नामको रकेट कम्पनीको सुरुवात गर्ने विचार गरे र सन् २००४ मा उनले इलेक्ट्रिक कार कम्पनी टेस्लामा इन्भेस्ट गरे । धेरै कठिनाइहरुलाई पार गर्दै उनी दृढ इच्छाशक्तिका साथ अन्तयमा आफ्नो लगानी मात्र दुई कम्पनीमा लगाइदिए । सन् २००८ सेप्टेम्बरमा स्पेस एक्सले आफ्नो अन्तिम रकेट प्रक्षपण गर्यो र सफल भयो । यसपछि नासाले १.६ बिलियन डलरको क्न्ट्रयाक्ट स्पेस एक्सलाई दियो । त्यसैगरी टेस्लामा पनि लगानी बढ्दै गयो र आज इलोन मस्क संसारका सबैभन्दा धनी व्यक्तिको रुपमा परिचित छन् । हालै उनले सामाजिक सञ्जाल ट्वीटर पनि किनेका छन् ।

यसरी आज संसारका सबैभन्दा धनी व्यक्तिको रुपमा परिचित इलोन मस्कको नेट वर्थ करिब २२३.२ बिलियन डलर रहेको छ । मस्कका अनुसार असफलता एउटा विकल्प हो । यदि तपाईहरुको जीवनमा असफलता आएका छैन्न भने तपाईले केही नयाँ आविष्कार गर्नु भएको छैन । त्यसैले हिम्मत नहारी लगनशील भई आफ्नो कार्यमा निरन्तर लागेमा एकदिन हामी अवश्य सफल हुन्छौँ भन्ने शिक्षा र प्रेरणा हामीले इलोन मस्कबाट पाउन सक्छौँ ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button