मनोरञ्जनसमाचार

इ भी नेपाल मोटर्सको दशैं अफर: ‘लेभलिंगको सफर दशैँ तिहारमा डबल अफर’ – Good News 24

Gobal IME Bank

काठमाडौं । नेपाली कर्पोरेट हाउसको कम्पनी बज्र ग्रुप अन्तर्गतको कम्पनी ईभी नेपाल मोटर्स प्रालिले लेभ्निङ ब्रान्डको इलेक्ट्रिक स्कुटरमा दशैँ अफर ल्याएको छ । उक्त स्किमलाई लेभलिंगको सफर दशैँ तिहारमा डबल अफर भनेर नाम दिईएको छ ।
कम्पनीका अनुसार यस स्किममा घर मै बसेर एस एम एस EVNEPAL<space>1111 and send it to 35001 बाट १ लाख सम्म छुट पाउन सक्ने बताईएको छ, भने शोरुम गएर शोरुमले दिएको कोड मा एस एम एस गरेर फेरी छुट पनि पाउन सकिने बताईएको छ ।

त्यस्तै कम्पनीका अनुसार यसमा २ चोटी एस एम एस मार्फत डबल छुट पाउन सकिने जसमा ७ हजार देखी ५ लाख सम्म छुट रकम म्यासेजमा आउने र म्यासेज मा आएको रकम हेरेर स्कुटर किन्दा कम्पनीले छुट दिने यसका साथै सर्वसाधरणहरुले नविल बैंकको शून्य प्रतिशत ब्याजदरमा सो स्कुटर किन्न पनि सक्नेछ र कुनै पनि पेट्रोल बाइक संग सजिलै एक्सचेन्ज हुने पनि बताईको छ ।

यो स्कुटर जर्मन कम्पनीको Bosch को मोटर्स प्रयोग गरिएको हुनाले फुल चार्जमा राम्रो माइलेज दिने हुनाले पनि ग्राहकको माग बढेको कम्पनीको दाबी रहेको छ ।

यो योजना प्रारम्भ भइसकेको र नजिकको लेभ्निङ इलेक्ट्रिक स्कुटरको शोरुममा सम्पर्क गर्न सकिने पनि कम्पनीले जनाएके छ ।
नेपाली बजारमा सबै रेन्ज भएको र राम्रो ब्राण्ड को रुपमा लेभ्लिंग स्कुटर लाइ चिनिन्छ जसमा विभिन्न प्रोडक्ट बिक्रि वितरण भैरहेको छ । यी स्कुटरको मूल्य १ लाख १० हजार देखि ५ लाख ५९ हजार रुपैयाँ सम्म पर्न जाने पनि कम्पनीले जनाएके छ । यी स्कुटरहरु किन्न चाहनुहुने सर्वसाधरणको लागि काठमाडौंको नक्साल, टेकु , भैसेपाटी , बाफल , गहबहाल ,भक्तपुर , बनेपा , बुटवल , सुर्खेत , जनकपुर , बिर्तामोड लगाएत नेपाल भरिको शोरुम खुल्ला गरिएको पनि कम्पनीले विज्ञप्तीमार्फत जानकारी दिएको छ ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button