शिक्षा स्वास्थसमाचार

इभनिङ वकको १० स्वास्थ्य लाभहरु

Gobal IME Bank

काठमाडौँ । आधुनिक जीवनशैलीले हामीलाई ल्यापटपको अगाडी घण्टौ सम्म बसेर काम गर्नु पर्ने हुन्छ र यसकारण हाम्रो शरीरको व्यायाम हुँदैन । शारीरीक व्यायामको कमीको कारणले गर्दा युवाहरुमा विभिन्न स्वास्थ्य समस्याहरु आईरहेको हुन्छ । आजकल धेरै व्यक्तिहरु आफ्नो काम सकिए पछि साँझमा इभनिङ वक गईरहेका हुन्छन् । इभनिङ वकको धेरै स्वास्थ्य लाभहरु छन् । इभनिङ वक गर्दा हाम्रो तौल सन्तुलनमा रहनुका साथै मस्तिष्कलाई आराम मिल्छ । यसका साथै इभनिङ वकको अरु पनि स्वास्थ्य लाभहरु छन् । पढ्नुहोस् इभनिङ वकको १० स्वास्थ्य लाभहरुः

१) हिँड्दा हाम्रो शरीरको वर्कआउट हुन्छ
हिँड्नु हाम्रो स्वास्थ्यको लागि निकै फाइदाजनक हुन्छ किनभने यो एक किसिमको व्यायाम हो । हामी थाकेको भए पनि इभनिङ वक गर्दा हाम्रो वर्कआउट हुने गर्छ जुन शरीरलाई स्वस्थ र फिट राख्नको लागि महत्वपुर्ण हुन्छ । इभनिङ वक गर्दा शरीरलाई उर्जा पनि मिल्छ । हरेक दिन आफ्नो काम सकिए पछि ३० मिनेटको लागि इभनिङ वकमा जाँदा शरीर स्फुर्तिलो हुनुका साथै हाम्रो मस्तिष्क पनि क्लियर हुन्छ ।

२) शरीरलाई आराम मिल्छ
इभनिङ वक गर्दा हामीले काम गर्दा नचलाउने मांसपेशीहरुको पनि व्यायाम हुने गर्छ । काममा लामो दिन पछि इभनिङ वकमा जाँदा शरीर र मस्तिष्क दुवै रिल्याक्स हुन पाउँछ र हाम्रो मस्तिष्कलाई पनि क्लियर हुन मद्दत मिल्छ जसको कारणले गर्दा हामी रिफ्रेस महसुुस गर्छौ ।

३) राम्रो सँग निद्रा आउँछ
शरीरलाई रेस्ट गर्नको लागि राम्रो र गहिरो निद्राको आवश्यकता पर्छ । राम्रो सँग नसुत्दा हाम्रो शरीरमा नकारात्मक असर पर्न सक्छ । हरेक दिन इभनिङ वक गर्दा हामी टेन्सन र तनावबाट मुक्त भइरहेको हुन्छौ जसको कारणले गर्दा हामीलाई राम्रो र गहिरो निद्रा आउँछ ।

४) डाइजेसनको लागि मद्दत मिल्छ
खाना खाई सके पछि वकमा जाँदा खाना पचाउनको लागि मद्दत मिल्छ । खाना खाएको ३० मिनेट पछि मात्र वकमा जाने गर्नु पर्छ । खाना खाइ सके पछि वकमा जाँदा खाना पच्छ र राती हामी राम्रो सँग सुत्न सक्छौ र शरीरलाइ पनि राम्रो सँग आराम मिल्छ ।

५)ढाडको पीडालाई कम गर्छ
दिनभरी कुर्सीमा बसेर ल्यापटप वा कमप्यूटर काम गर्दा ढाड दुख्ने समस्या आउँछ त्यसैले इभनिङ वकमा जाँदा ढाड दुख्न कम हुन्छ र पीडाबाट मुक्त हुन मद्दत मिल्छ ।

६) हाइ ब्लड प्रेसर
इभनिङ वकमा जाँदा सबैभन्दा हाइ ब्लड प्रेसर कम गर्नको लागि मद्दत मिल्छ । वकको कारणले गर्दा शरीर र मस्तिष्क रिल्याक्स भएको कारणले गर्दा ब्लड प्रेसर ठिक लेभलमा रहन्छ ।

७) प्रतिरक्षा प्रणालिलाई बुस्ट गर्छ
इभनिङ वकको कारण हाम्रो शरीरको हरेक भागलाई मद्दत मिल्छ । वकको कारणले गर्दा हाम्रो शरीरको प्रतिरक्षा प्रणालि बुस्ट हुन्छ जसको कारणले गर्दा हाम्रो शरीरलाई अरु रोग सँग लड्नको लागि ताकत मिल्छ ।

८) मांसपेशीलाई बलियो बनाउँछ
केही समयको इभनिङ वकको कारणले गर्दा हाम्रो शरीरको मांसपेशीहरु पनि बलियो हुन्छ । यसले गर्दा घर र अफिस दुबैमा काम गर्न हामीलाई उर्जा मिल्छ । त्यसैले हाम्रो शरीरको मांसपेशीलाई आवश्यक व्यायाम वकको मार्फतबाट पनि हुन्छ ।

९) तौल घट्छ
इभनिङ वक तौल घटाउने राम्रो माध्यम हो । तौल घटाउनको लागि जिममा गएर वर्कआउट नै गर्नु पर्छ भन्ने छैन । हरेक दिन वकमा जाँदा हाम्रो शरीरको तौल सन्तुलनमा रहन्छ ।

१०) मानसिक तनावबाट मुक्त हुन मद्दत
वकको कारणले गर्दा हाम्रो मस्तिष्क रिल्याक्स हुन्छ र शान्त पनि हुन्छ जसको कारणले गर्दा हामी नकारात्मक एनर्जिहरुबाट मुक्त हुन्छौ । यसकारणले हामी तनावबाट पनि मुक्त हुन्छौ र सकारात्मक कुराहरुमा हाम्रो ध्यान जान्छ । यसले गर्दा मानसिक रोग जस्तै डिप्रेसन र एन्जाइटि हुने जोखिम पनि कम हुन्छ ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button