अन्यगुड न्यूज 24शिक्षा स्वास्थ

संस्कार आमाबाट सिक्नु अनि सघर्ष बुबाबाट सिक्नु रे, बाँकी कुरा त संसारले नै सिकाइदिन्छ। -Good News 24

बुबाको मुख हेर्ने दिन

Gobal IME Bank

सुनैना कार्की – भाद्र कृष्ण औंसीका दिन बुबाको मुख हेर्ने दिन मनाईन्छ। यस दिन बुबाको मुख हेर्ने दिनका साथै गोकर्ने औंसी र कुशै औंसी भनेर पनि मनाइने गरिन्छ। हुन त आफ्ना आमा बाबाको संधै सम्मान गर्नु जरुरी छ तर यस दिनलाई खास गरेर मनाईन्छ । यस दिन बुबाले गरेका योगदान र कर्तब्यलाइ सम्झेर उनीमाथी कृत्तज्ञ भई माया र सदभाव ब्यक्त गरि आर्शिवाद लिएर , खानपान गरि , उपहार दिएर मनाइने गरिन्छ। बुबालाई जीवनको पहिलो गुरु एवं रक्षकका साथै पालनकर्ताको संज्ञा दिइन्छ। संस्कार आमाबाट सिक्नु अनि सघर्ष बुबाबाट सिक्नु रे । बाँकी कुरा त संसारले नै सिकाइदिन्छ। बुबा हरेक बच्चाको लागि पहिलो सुप्पर हिरो हुन्छ। बुबाले गर्नुभएको योगदानलाई सम्झीँदा यो एक दिन पर्याप्त छैन। तरै पनि यो दिनलाई बिशेषका साथ मनाईन्छ । यस दिनले सबै परिवारलाई सँगै भेला हुने मौका पनि प्रदान गर्छ।

साँच्चि नै बुबा बन्नु निकै चुनौतिपूर्ण भूमिका हो। बुबा परिवारको बलियो खम्बा हो। जसले परिवारलाई हरेक मुस्किल परिस्थितीबाट जोगाईरहेको हुन्छ। यदि परिवारमा बुबाले बलियो भूमिका निभाएका छन् भने त्यो परिवार कहिले पनि डगमगाउन सक्दैन। बुबा हरेक परिवारका हिरो हुन्। बुबाले आफ्ना हरेक सपनालाई पन्छाएर परिवारका लागि बलिदान दिएका हुन्छन्।बुबालाई हामी हाम्रो ह्रदय देखि नै धन्यवाद दिनु जरुरी छ। बुबा सम्बन्धि बिभिन्न बिद्धानहरुको भनाईहरु जस्ताको तस्तै पस्कनेछौं ।

➤ प्रत्येक बुबाले एक दिन सम्झनु पर्छ कि उनको छोरोले उनको उदाहरण पछ्याउनेछ।
-चाल्र्स केटरिङ

➤ छोरिको लागि बुबा उसको जीवनको पहिलो मानिस हो,सम्भवतः सबैभन्दा प्रभावशाली ब्यक्ति
-डेभिड यर्मिया

➤ मेरो बुबा मेरो असल मित्र हुन् र सधैं रहनेछन्
-चेर लोयड

➤ जब मेरो बुबा मेरो हात बन्नु भएन, उहाँ मेरो पछाडी रहेर मलाई सहायता गर्दै हुनुहुन्थ्यो।
-लिन्डा पोइन्डेक्स्टर

➤ हलसालै मेरा सबै साथीहरु चिन्तित छन् कि तिनीहरु आफ्ना बुबामा परिणत हुँदैछन्। म चिन्तित छु कि म किन भइन।
-ड्यान जेभिन

➤ उनले बुबा हुनु भनिने भूमिका अपनाए ताकि उसको बच्चासँग एक संरक्षकको रुपमा पौराणिक र असिम महत्वपूर्ण कुरा जोडीएको होस्।
-टम वोल्फ

➤ उनी जति परिपक्क हूदैँ जान्छिन् त्यति नै आफ्नो बुबालाई सम्झिने गर्छिन्।
-ग्लोरिया नायलर

➤ जो कोही पनि बुबा बन्न सक्छ, तर बुबा बन्न बिशेष भूमिका निभाउन सक्नुपर्छ। त्यसैले म तपाईलाइ बुबा भन्छु, किनकि तपाई मेरो लागि धेरै विशेष हुनुहुन्छ। तपाईले मलाई जीवनका कठिन परिस्थितीको सामना गर्न सिकाउनु भयो।
-वेड बग्स

➤ बुबाको गुण लक्ष्य, सपना र आकांक्षाहरुमा देख्न सकिन्छ जुन उहाँले आफनो परिवारको लागि निर्धारित गर्नुभएको हुन्छ।
-रिड मार्कम

➤ मेरो बुबाले मलाई कसरी जिउने भनेर सिकाउनु भएन तर मैले उहाँलाई हेरेर जिउन सिके।
-क्लेरेन्स बुडिंगटन केल्याण्ड

➤ मैले मेरो बुबालाई जस्तो माया अरु कसैलाई गर्नै सकिन जति नै मलाई माया गर्ने होस्।
-हेडि ल्यामर

➤ बुबाहरु प्रेमले भरिपूर्ण भएका हाम्रा लागि हिरो, गायककार, कथाकार सबै कलाहरुले भरिएका साधारण ब्यक्तिहरु हुन्।
-पाम ब्राउन

➤ यो बस् मासु र रगतको साईनो मात्र होइन तर ह्रदयको साइँनो हो जुन भावनासगँ जोडिएको हुन्छ।
-जोहान फ्रेडरिक भोन शिलर

➤ संसारका लागि तपाई हाम्रो बुबा हुनुहुन्छ तर तपाई हाम्रा लागि तपाई हाम्रा लागि संसार हुनुहुन्छ।
-अज्ञात

➤ जुनसुकै ब्यक्तिले बच्चा जन्माउन सक्छ तर बच्चा हुर्काउने साहस हो, जसले तपाईंलाई साँचो बुबा बनाउँछ।
-बाराक ओबामा

यो पनि पढ्नुहोस् ….

बुवा र छोराको सम्बन्ध निर्माणमा ध्यान दिनु पर्ने कुराहरु

दुखी हुनुहुन्छ ? यस्तो गर्नुहोस् सधै खुशी मिल्नेछ

घरेलु महिलाले सिक्नै पर्ने केही सीपहरु पढ्नुहोस्

 

कस्तो किसिमको व्यक्ति तपाईंको खास साथी हो ? ७ तरिकाबाट चिन्नुहोस्

 

गुड न्यूज 24 
www.goodnews24.com
Good News Media 

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button