अन्यगुड न्यूज 24

जहाँ १५० रूपैयाँमै पाइन्छ चिकेन बिरयानी – Fati’s Chicken Biryani

Gobal IME Bank

काठमाडौं । हामी नेपाली सामन्यतय खाजाको रुपमा के खान्छौँ ? गाउँघरमा भएदेखि मकै, भट्मास र गुन्द्रुकको अचार खाने गरिन्छ तर सहर बजारको कुरा गर्ने हो भने मःम, चाउमिन नै धेरैको रोजाइमा पर्ने गर्दछ । सहर बजारका चोक र गल्ली गल्लीमा होटल, रेस्टुराँहरु प्रशस्तै पाइन्छन् । ती होटल तथा रेस्टुराँहरुमा पाइने खानेकुराको मेनु हेर्दा पछिल्लो समय नेपाली फुड कल्चरमा विदेशी प्रभाव राम्रै परेको पाइन्छ । त्यही प्रभावका कारण विशेषत हाम्रो छिमेकी मुलुक चीन र भारतका परिकारहरु नेपालीहरुले खुबै रुचाउने गरेको देखिन्छ । ती मध्ये एक परिकार हो बिरयानी । मुश्लिम समुदायमा निकै प्रचलनमा रहेको यो परिकारको सुरुवात विशेषतः भारतिय उप महाद्वीपका देशहरु जस्तै भारत, पाकिस्तान, बङ्गलादेश, ईराक, अफ्गानिस्तानबाट भएको हो । बिरयानी चामल, मासु, र विभिन्न मर मसलाहरुको प्रयोग गरेर बनाईन्छ । यस्तै नेपालमा पनि पछिल्लो समय बिरयानीको प्रचलन सुरुवात भएको पाईन्छ ।

नेपालको पनि विभिन्न ठाउँहरुमा बिरयानी हाउसहरु खुलेको देखिन्छ । साधारणतय शहरी क्षेत्रहरुमा नेपालीहरुले खाजाको रुपमा मःम , चाउमिन लगाएतका परिकारहरुलाई रुचाएको पाईन्छ । तर बिरयानीको परिकारलाई पनि नेपालीहरुको दैनिक खाजाको रुपमा स्थापित गराउने उदेश्य लिएका युवा हुन् अदनान् अहमद् शाह । मुश्लिम परिवारमा जन्मेका उनी आफ्नो समुदायमा प्रचलित रहेको बिरयानीको परिकारलाई सम्पुर्ण नेपालीहरु माझ पुर्याउन चाहान्छन् ।

यतिबेला ललितपुरको झम्सिखेलमा उनले फातिज् बिरयानी सञ्चालन गर्दै आएका छन् । उनले सञ्चालन गर्दै आएको फातिज् बिरयानीको नाम कसरी रहन पुग्यो भन्ने हाम्रो प्रश्नमा उनले आफ्नो आमाको नामबाट सो रहन गएको उनले बताए । उनको आमाको नाम फातिमा बानु अहमद् रहेको उनले गुड न्यूज २४ लाइ बताए । आमाको हातको खानाको जस्तो स्वाद र माया उनले आफ्नो फातिज बिरयानीमा रहेको उनले बताए । दैनिक ८ सय देखि १ हजार पिलेट सम्म बिक्री हुने गरेको र त्यसमा पनि सामान्यतया अन्य होटल र रेष्टुराँमाभन्दा फातिज बिरयानीमा सहुलियत मुल्यमा बिरयानी पाईने शाहले बताए ।

 

यहाँ बिरयानीको रेगुलर प्लेट एक सय पचास रुपैयाँ, लार्ज रेगुलर प्लेट तीन यस रुपैयाँ र १ किलो ग्रामको छ सय रुपैयाँ पर्ने शाहले जानकारी दिए । कुनै पनि आर्टिफिसियल रङको प्रयोग नगरी बिरयानी तयार गरिने र सर्वसाधारणलाई खुवाईने पनि उनले बताए ।
पछिल्लो समयमा युवाहरु विदेशिने क्रम बढ्दै गएको पाईन्छ तर आफ्नै देश र ठाउँमा बसेर पनि केहि गर्न सकिन्छ भन्ने कुराको उदाहरण बनेका छन् शाह । उनले बिरयानी व्यवसायबाट राम्रो आम्दानी हुने बताए ।

आफ्नो देश र आफ्नै ठाउँमा केहि गर्न सक्यो भने त्यो एकदमै राम्रो हो, त्यो माथी पनि हाम्रो देश नेपाल विकाशोन्मुख देश हो , जहाँ जे को कमि छ त्यो गर्नु राम्रो हो उनले भने । कुनैपनि काम वा व्यवसाय गर्दा हामीमा धैर्यता र स्थिरता हुनुपर्ने उनी बताउछन् । नेपालमा पनि बिरयानी कल्चरको सुरुवात गर्ने उनको सपना रहेको उनले बताए ।

यो पनि पढ्नुहोस् ….

बिग्रिएको सम्बन्ध सुधार गर्ने टिप्सहरू पढ्नुहोस्

युवा पुस्ताले के कस्ता कुराहरुमा ध्यान केन्द्रित गर्ने ? पढ्नुहोस्

बिहानीको सुरुवात कसरी गर्ने ? पढ्नुहोस् …

युवा अवस्थामा सकारात्मक र उत्साहित रहने ७ उपायहरू पढ्नुहोस्

बुवा र छोराको सम्बन्ध निर्माणमा ध्यान दिनु पर्ने कुराहरु

दुखी हुनुहुन्छ ? यस्तो गर्नुहोस् सधै खुशी मिल्नेछ

घरेलु महिलाले सिक्नै पर्ने केही सीपहरु पढ्नुहोस्

 

कस्तो किसिमको व्यक्ति तपाईंको खास साथी हो ? ७ तरिकाबाट चिन्नुहोस्

युटुब हेर्दै मुगुका एक युवकले कपाल काट्न सिके, मासिक ३० हजार आम्दानी

 

गुड न्यूज 24 
www.goodnews24.com
Good News Media 

 

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button