मनोरञ्जनमुख्य समाचारसमाचार

फिफा विश्वकप २०२२: आज दुई खेल हुँदै…

Gobal IME Bank

काठमाडौं । कतारमा जारी फिफा विश्वकप फुटबलमा आज दुई खेलहरु हुँदैछन् । अल थुमामा स्टेडियममा आईतवार हुने पहिलो खेलमा फ्रान्स र पोल्याण्डबीच प्रतिष्पर्धा हुनेछ । साविक विजेता फ्रान्स र पोल्याण्डबीचको खेल राति ८ः४५ बजे शुरु हुनेछ ।

दुवै टोली आज जित निकाल्दै क्वाटरफाइनलमा पुग्ने योजनामा रहेका छन् । फ्रान्स समूह ‘डी’ को विजेता र पोल्याण्ड समूह ‘सी’ को उपविजेता बन्दै नकआउट चरणमा पुगेको हो ।

अर्को खेलमा इंगल्याण्ड र सेनेगलबीच प्रतिष्पर्धा हुनेछ । अल बयात स्टेडियममा हुने इंगल्याण्ड र सेगेनलबीचको खेल राति १२ः४५ बजे शुरु हुनेछ । आज इंगल्याण्ड र सेनेगल दुवै टोली जित निकाल्दै क्वाटरफाइनलमा पुग्न चाहन्छ । इंगल्याण्ड समूह ‘बी’ को विजेता र सेनेगल समूह ‘ए’ को उपविजेता बन्दै नकआउट चरणमा पुगेको हो ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button