मनोरञ्जनसमाचार

फिफा विश्वकप- २०२२ का केही रोचक तथ्यहरु, थाहा पाउनुहोस्

Gobal IME Bank

काठमाडौं । फुटबलको महाकुम्भ भनेर चिनिने फिफा विश्वकप- २०२२ नोभेम्बर २० देखि डिसेम्बर १८ सम्म कतारमा आयोजना हुन गईरहेको छ । विश्वकपका लागि आयोजक कतारसहित कुल बत्तीस वटा टोली छनोट भएका छन् । प्रतियोगिताको २२ औँ संस्करण मध्यपूर्वमा पहिलो र एसियामा दोस्रो पटक आयोजना हुदैँ छ । यही फिफा विश्वकपका केही रोचक कुराहरुका बारेमा जानीराखौँ ।

१) २२ औँ संस्करणको यो विश्वकप पहिलो पटक हिँउदे हुनेछ । विश्वकप सामान्यतय वर्षको मध्यतिर आयोजना हुने गर्छ तर कतारको सन्दर्भमा चाहिँ भने अपवाद बनेको छ । मध्यपूर्वमा पर्ने कतारमा ५५ डिग्री सेल्सियस भन्दा बढी तापकम्र पुग्ने गर्दछ त्यसैले यस्तो अवस्थामा कुनै पनि प्रकारको विश्वव्यापी कार्यकम्रको आयोजना गर्न असम्भव हुने भएकाले फिफाको तालिका परिवर्तन गरिएको हो ।

२) विश्वकपको तयारीका लागि आयोजक देशले खर्च गर्ने रकम अहिलेसम्मकै सबैभन्दा धेरै रहेको छ । यसका लगि आयोजक देश कतारले रङ्गशाला, राजमार्ग, होटल लगायतका पूर्वाधारमा आयोजनामा दुई सय अर्ब डलर खर्च गरिरहेको छ । यो अहिलेसम्मकै महङ्गो विश्वकप हुने पनि दाबी गरिएको छ ।

३) विश्वकपको आयोजना गर्न कतारले केवल आठवटा मात्र रङ्गशालामा गर्ने भएको छ । त्यसमध्ये ७ वटा रङ्गशाला हालै निर्माण गरिएका हुन् ।

४) यसपटकको विश्वकपमा ठूलो संख्यामा दर्शकहरु आउने अनुमान गरिएको छ । कतार विश्वकपमा दश देखि पन्ध्र लाख दर्शकहरु पुग्ने अनुमान गरिएको छ ।

५) फिफा आयोजना हुने देश कतारमा दिउँसोको समयमा उच्च तापकम्र हुने भएकाले यसको समाधानका लागि स्टेडियम भित्र एयर कन्डिसनरको व्यवस्था गरिएको छ । यस्तो फुल एयर कन्डिसनरको व्यवस्था गर्ने कतार पहिलो देश हो ।

६) २२ औँ संस्करणको यो विश्वकप आयोजना गर्ने कतार पहिलो मध्यपूर्वी देश हो ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button