मनोरञ्जनसमाचार

फिफा ‘भिक्टोरी कप’ बारे रोचक तथ्यहरू

Gobal IME Bank

काठमाडौँ । हरेक चार वर्षको अन्तरालमा विश्वभरिबाट फुटबलका खेलाडीहरु एउटा विशेष ट्रफी जित्नको लागि प्रतिस्पर्धा गरिरहेका हुन्छन् । हामी पनि ट्रफी कस्ले जित्ला भनेर उत्साह साथ यो खेल एक महिना सम्म हेरि रहेका हुन्छौँ । फुटबल प्रेमीहरूको लागि फिफा वल्र्ड कप प्रतिस्पर्धा हुने समय उत्सव जस्तै हुने गर्छ । सारा संसारको आकर्षणको केन्द्र बनेको हुन्छ विश्वकप तर यो गोल्डेन कपको बारेमा हामीलाई कति जानकारी छ त ? विश्वकप अथवा भिक्टोरी ट्रफीबारे १० तथ्यहरु पढ्नुहोस् ।

१) पहिलो ट्रफीको डिजाइन

पहिलो विश्वकपको डिजाइन फ्रान्सेली मुर्तिकला (स्कलप्टर) अबेल लाफल्योरले गर्नु भएको थियो र ट्रफीलाई ‘कुप डी मोन्ड’ नाम दिइएको थियो । यो कप १४ इन्चको थियो र कपमा ग्रिकको भिक्टोरीकी देवी लापिस लाजुली पीदमा अष्टभुज आकारको कप समातेर उभिरहेको मुर्तिकला बनाइएको थियो ।

२) ट्रफीलाई नाजीहरुबाट लुकाइएको थियो

दोश्रो विश्व युद्वको कारणले गर्दा सारा संसारको साथै विश्वकप पनि प्रभावित भएको थियो । विश्वकप प्रतिस्पर्धालाई दाश्रो विश्व युद्व समाप्त नभए सम्म धेरै वर्षको लागि स्थगित गरिएको थियो । नाजीहरुले विश्व कप पनि लिन खोजेको कारणले गर्दा ट्रफीलाई पनि लुकाइएको थियो । त्यतिबेला विश्वकपलाई रोमको बैंकमा राखिएको थियो तर सन् १९३९ मा जब दोश्रो विश्व युद्व सुरु भए पछि त्यस समयको फिफाको उप– सभापति ओत्तोरीनो बार्रासीले ट्रफीलाई बैंकबाट निकालेर विश्व युद्व नसकिउन्जेल सम्म जुत्ताको बाकसमा राखेर आफ्नो खाट मुनि लुकाउनु भएको थियो ।

३) जुल्स रिमेट

जुल्स रिमेट (सन् १८७३ अक्टुबर १४ – १९५६ अक्टुबर १६) अहिले सम्मको विश्व कपको इतिहासमा सबै भन्दा धेरै समय फिफाको प्रेसिडेन्टको पदमा बसेर सेवा गर्ने व्यक्ति हुनुहुन्छ । उहाँले ३३ वर्ष फिफाको प्रेसिडेन्टको पदमा रहेर काम गर्नु भएको थियो । फिफा विश्वकप प्रतियोगिता सुरु गर्ने आइडिया उहाँको नै थियो । पहिलो विश्वकप प्रतियोगिता सन् १९३० मा रिमेटको नै शासनमा भएको थियो । त्यसैले पहिलो विश्वकप ट्रफीको नाम ‘जुल्स रिमेट’ उहाँकै नाममा राखिएको थियो ।

४) विश्वकप चोरी भएको थियो

विश्वकपको ट्रफी इङ्गल्याण्डमा चोरी भएको थियो र कुकुरले चोरी भएको विश्वकप ट्रफी भेट्टाएको थियो । सन् १९६६ मा टुर्नामेन्ट बेलायतमा सुरु हुनु भन्दा केही महिना अगाडी ‘जुल्स रिमेट ट्रफीलाई इङ्गल्याण्डमा ल्याइएको थियो । वेस्टमिन्सटर्न सेन्ट्रल हलमा पब्लिक एक्जिबिसनकै क्रममा ट्रफी चोरी भएको थियो । ट्रफी चोरी भएको १ हप्ता पछि पिकल्स नामको कालो र सेतो रङ्गको मोंग्रेल कुकुरले भेट्टाएको थियो । पिकल्सले साउथ लनडनमा अप्पर नोरवुडको ब्युला हिलकमा रहेको हेड्ज गार्डेनमा विश्वकप ट्रफी भेट्टाएको थियो । आफ्नो ओनर डेभ कोर्भेटसँग वाकमा गइरहेको बेलामा पिकल्सले ट्रफी पत्रिकामा बेरिएको अवस्थामा भेट्टाएको थियो । पुरस्कार स्वरुप डेभलाई ६००० पाउन्ड इनाम दिइएको थियो भने पिकल्सलाई जीवनभर डगफुड आपुर्ति गराइएको थियो । त्यसबेला देखि फुटबल असोसिएसनले विश्वकप ट्रफीको प्रदर्शनी गर्न बन्द गरेको थियो । उनीहरुले ट्रफीको प्रतिकृति बनाएका थिए तर फिफाले यसको प्रदर्शनको लागि अनुमति दिएन । यसकारण विश्वकप ट्रफीको प्रतिमुर्तिलाई वर्षौ सम्म लुकाएर राखिएको थियो । सन् १९९७ मा लिलामीको क्रममा ट्रफीको प्रतिकृति पुनः देखा परेको थियो र ट्रफीको प्रतिकृति फिफाले नै २५४,५०० पाउन्डसमा खरिद गरेको थियो ।

५) ब्राजिलले ओरिजनल ट्रफी पाएको थियो

सन् १९७० मा ब्राजिलले तेश्रो पटक विश्वकप प्रतियोगिता जितेको थियो र ‘जुल्स रिमेटको’ शर्त अनुसार तेश्रो पटक विश्वकप प्रतियोगिता जितेको उपलब्धिको लागि स्थायी रुपमा ब्राजिललाई ओरिजनल विश्वकप ट्रफी दिइएको थियो । ट्रफीलाई रियो दि जेनेरियोमा रहेको ब्राजिल फुटबल कनफेडेरेसनको हेड क्वाटरमा बुलेट प्रुफ क्याबिनेटमा सुरक्षित साथ राखिएको छ ।

६) ट्रफी फेरी चोरी भएको थियो

जुल्स रिमेट ट्रफी ब्राजिललाई दिएको १३ बर्ष पछि पुन दोश्रो पटक चोरी भएको थियो । ट्रफी राखिएको काठको क्याबिनेटलाई क्रोबारको मद्दतले जबरजस्ती फुटाएर चोरहरुले ट्रफी टाढा लगेका थिए । चार जना दोषी ठहरीएका व्यक्तिहरुलाई समातिएको थियो तर ट्रफी भने पुनः भेटिएन । अफवाह अनुसार ट्रफी चोरी हुने बित्तिक्कै पगालेर बेचिसकेको थियो र पुलिसले जुल्स रिमेट ट्रफीको लापिस लाजुली बेस मात्र फेला पारेको थियो जुन जुरिचमा रहेको फिफाको हेड क्वाटरमा राखिएको छ । ब्राजिलियन फुटबल फेडेरेसनले जुल्स रिमेट ट्रफीको प्रतिमुर्ति बनाएर सन् १९८४ मा आफ्नो देशको राष्ट्रपति जोआओ फिगरेडोको अगाडी प्रस्तुत गरेको थियो ।

७) नयाँ ट्रफी

जुल्स रिमेट ट्रफी स्थायी रुपमा ब्राजिललाई दिए पछि १९७४ मा हुने विश्वकपको लागि पुन अर्को ट्रफी बनाउनु पर्ने भयो । नयाँ ट्रफी बनाउदा नयाँ डिजाइनमा विश्वकप ट्रफी बनाउने निर्णय भयो । उनीहरुले ७ वटा देशका स्कल्पटरहरुबाट ५३ वटा सबमिसन संकलन गरेका थिए । इटालियन स्कल्पटर सिल्भियो गज्जानिगाको डिजाइन छानिएको थियो । नयाँ ट्रफी जुन हाल भइरहेको २०२२ को विश्वकप प्रतियोगिता सम्म प्रयोग भइरहेको छ । यो ट्रफी १४.४ इन्च अग्लो छ र ट्रफी १८ क्यारेट सुनको ३०८७५ क्यारेट प्रयोग गरी बनाइएको छ । ट्रफीको डायमिटर ५.१ इन्च रहेको छ । यसमा बेसको २ लेयरमा मेलाकाइट समावेश गरीएको छ । सन् २०१८ सम्म विश्वकप ट्रफीको मुल्य लगभग १६१००० युएस डलर रहेको फिफाले बताएको थियो ।

८) विश्वकप जितेको देशले राख्न पाउँदैन

पहिले विश्वकपको ट्रफी विजेता भएको देशले अर्को विश्वकप प्रतियोगिता नहुन्जेल राख्न पाउँथ्यो तर अहिले टुर्नामेन्टको विजेता भएको देशले ट्रफी राख्न पाउँदैन । विश्वकप प्रतियोगिताको विजयीलाई विश्वकप ट्रफीको ब्रोन्ज प्रतिकृति दिइने गरिन्छ जसलाई ‘फिफा वल्र्ड कप विनर ट्रफी’ भनिन्छ । यो प्रतिमुर्तिमा सुनको जलप मात्र प्रयोग गरिएको हुन्छ र ठोस सुनबाट बनेको हुँदैन । ओरिजनल ट्रफी स्वीजरल्याण्डको जुरीचमा रहेको फिफा वल्र्ड फुटबल म्युजियममा स्थायी रुपमा रहेको छ । ट्रफीलाई टुर्नामेन्टको ओपनिङ र फाइनलको दिन मात्र निकालिने गरिन्छ ।

९) विश्वकपमा भएको बल खोक्रो छ

हामीले याद गरेको छौँ होला वल्र्ड कप ट्रफीको टपमा बल छ । इङ्गल्याण्डको नोटीङ्गम युनिभर्सिटिको प्रोफेसर मार्टिन पोलियाकफको अनुसार विश्वकपको ट्रफीको टपमा भएको बल खोक्रो छ । ट्रफीमा भएको बल खाक्रो नभएको भए ट्रफीको तौल करीब ७० केजी हुन्थ्यो जसको कारणले गर्दा खेलाडीले त्यो ट्रफी आफ्नो टाउको भन्दा माथि उठाउन सक्दैनथे ।

१०) वल्र्ड कपलाई छिट्टै परिवर्तन गर्ने सम्भावना रहेको छ

अहिले प्रयोग भईरहेको विश्वकप ट्रफी सन् १९७४ देखि प्रयोग भईरहेको छ र विजेता देशहरुको नाम ट्रफीको बेस मुनि कुुंदिएको छ । अहिले विश्वकपको बेसमा करिब ५ नाम मात्र लेख्ने स्पेस बचेको छ र अनुमान गरे अनुसार त्यो स्पेस २०३८ सम्म भरिन्छ र २०४२ मा नयाँ ट्रफीको आवश्यकता पर्छ । नयाँ ट्रफी बनाउनको लागि मात्र २० बर्ष समय भएकोले फिफाले अहिले देखि नै नयाँ ट्रफीको खोजी सुरु गर्नुपर्ने हुनसक्छ ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button