समाचार

काठमाडौं महानगरको पहिलो बैठक फोहोर ब्यवस्थापनामा जोड -GoodNews24

Gobal IME Bank

काठमाडौं, १५ जेठ । सोमबार महानगरपालिकाको पहिलो बैठक सम्पन्न भएको छ । बैठकमा बिशेष गरी फोहोर ब्यवस्थापनका एजेण्डामा छलफल भए । बैठकमा सडकमा पर्ने खाल्डाखुल्डी पुर्ने, ढल निकास नियमित गर्ने जस्ता काम ७ दिनभित्र सक्न २ वटा भौतिक पूर्वााधार एम्बुलेन्स सुरु गर्ने बैठकले अनुमोदन गरेको छ । नगरबासीको गुनासो सुन्न कल सेन्टर स्थापना गर्ने निर्णय पनि भएको छ । यस्तै फोहर व्यवस्थापनबारे अध्ययन गर्न मेयर र उपमेयर समेत रहेका कार्यदल गठन गर्ने निर्णय भएको छ ।बैठकले निजी रेष्टुरेन्टहरुमा निःशुल्क शौचालय सञ्चालनमा ल्याउने समेत निर्णय गरेको छ । रेष्टुरेन्टमा महानगरले संकेत चिह्न राख्नेछ र सर्वसाधारणले निःशुल्क प्रयोग गर्न सक्नेछन् । बैठक लाइभ गरिएको थियो ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button