समाचार

गाउँपालिकाको अनुदानमा सयपत्री फूलखेती

Gobal IME Bank

वालिङ, ४ साउन ।  स्याङ्जाको कालीगण्डकी गाउँपालिकाले फूलखेतीमा ५० प्रतिशत अनुदान दिएसँगै फूलखेतीतर्फ किसान आकर्षित भएका छन् ।
फूलखेतीका माध्यमबाट स्थानीयवासीलाई रोजगारी दिने र आर्थिक लाभ लिने उद्देश्यसहित गाउँपालिकाले गतवर्ष आफैले फूलखेती थालेकामा यसवर्ष किसानलाई ५० प्रतिशत अनुदान दिएर फूलखेतीतर्फ आकर्षित गरेको हो ।
यसवर्ष गाउँपालिकाले करिब १५ रोपनी क्षेत्रफलमा र अन्य किसान समूह तथा व्यक्तिको ३५ रोपनी गरी ५० रोपनी क्षेत्रफलमा सयपत्री फूलखेती गरिने भएको गाउँपालिकाका अध्यक्ष खिमबहादुर थापाले बताउनुभयो ।
“गाउँपालिका आफैले फूल खेती गरेर उत्पादित फूल बिक्रीबाट राम्रो आम्दानी गरेपछि यहाँका अन्य किसानलाई पनि यसको व्यावसायिक उत्पादनतर्फ जोड्नका लागि ५० प्रतिशत अनुदान उपलब्ध गराउने निर्णय गरेका छौँ”, उहाँले भन्नुभयो, “गाउँपालिकाले ईच्छुकहरुको माग सङ्कलन गर्दा १४ किसान तथा किसान समूहलाई छनोट गरेर ५० प्रतिशत अनुदान उपलब्ध गराउने भएको हो ।”
गाउँपालिकाले वडा नं ४ को बिर्घा पुछार भन्ने स्थानमा करिब १५ रोपनी क्षेत्रफलमा व्यावसायिक फूलखेती गर्नका लागि नर्सरी स्थापना गरिसकेको उहाँले बताउनुभयो । गाउँपालिकाले व्यावसायिकरुपमा फूलखेती गर्न नर्सरी राखेको बिर्घा पुछारमा पालिकाका सबै वडाबाट छनोट भई आएका किसान समूह तथा किसानलाई प्राविधिक ज्ञान दिइएको प्रमुख प्रशासकीय अधिकृत टङ्कराज पाण्डेयले बताउनुभयो ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button