समाचार

३८५ परिवारलाई खाद्यान्न-Goodnews24

Gobal IME Bank

तनहुँ- जिल्लाको डुम्रेस्थित स्थानीय युनिटी गु्रपमा आबद्ध युवाहरुको सक्रियतामा स्थापना गरिएको फुड बैंक मार्फत दुई पालिकाका ३८५ घरपरिवारलाई खाद्यन्न सहयोग गरिएको छ । ‘हुनेले दिएर जाऔँ, नहुनेले लिएर जाऔँ’ भन्ने अभियान अनुरुप एक हप्ताको अवधिमा बन्दिपुर र भानुनगरपालिका क्षेत्रमा ती परिवारलाई खाद्यान्न सहयोग गरिएको हो । बन्दिपुर–१ डुम्रेमा तीन दिन, भानु नगरपालिका–२ को नारेश्वरटारमा तीन दिन र भानु–१ स्थित सालबिस्नेमा एक दिन गरी सात दिन फुड बंैक मार्फत खाद्यन्न वितरण गरिएको हो । कोभिड–१९ का कारण रोजगार गुमाएका, वृद्धवृद्धा, आपङ्ग, न्यून आए भएका र बिहान बेलुका खान धौधौ भएका घरपरिवारलाई खाद्यान्न सहयोग गरिएको गु्रपका संयोजक विक्रम गुरुङले जानकारी दिनुभयो। एक हप्ताअघि डुम्रेबाट कार्यक्रम शुरू गरेको गु्रपले प्रतिपरिवार चार केजी चामल, एक पोका नुन, एक÷एक पोका तेल, मसला, तरकारी र सोयाबिन वितरण गरेको हो । फुड बैंक सञ्चालनका लागि गु्रपका सदस्यहरु, देश विदेशमा रहेका व्यक्ति तथा शुभचिन्तक दाताहरुबाट सहयोग जुटाएर सहयोग गरिएको संयोजक गुरुङले बताउनुभयो ।

यो पनि पढ्नुहोस् ..
[irp posts=”3415″] [irp posts=”3558″] [irp posts=”3605″] [irp posts=”6152″] [irp posts=”6192″] [irp posts=”6588″]

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button