मुख्य समाचारशिक्षा स्वास्थसमाचार

कुन-कुन खानेकुरा फ्रिजमा राख्नु हुँदैन ? जान्नुहोस्

Gobal IME Bank

एजेन्सी । गर्मी मौसममा खाना नबिग्रियोस भनेर हामी बाकी भएको खाना फ्रिजमा राख्ने गर्छौ । फ्रिजमा राख्नेबित्तिकै सबै खानेकुरा ताजा रहन्छन् भन्ने हामीमा आम सोचाइ छ। अक्सर खानपिनका कुरा ताजा राख्न फ्रिजको सहारा लिइन्छ। तर, कतिपय खानेकुरा फ्रिजमा राख्दा बिग्रिने मात्रै होइन, स्वास्थ्यका लागि पनि अयोग्य हुन्छन्। कुन कुन खानेकुरा फ्रिजमा राख्नु हुदैन पढ्नुहोस्ः

१) अचार – अचारमा भिनेगर धेरै हुन्छ। यसलाई किचेनको चिसोमा राख्दा राम्रो हुन्छ। यसलाई फ्रिजमा राख्दा अन्य खानेकुरा समेत खराब गरिदिने जोखिम हुन्छ।

२) आलु – चिसो तापमानमा आलु राख्दा स्टार्च सुगरमा परिणत हुन्छ। आलुलाई पेपर ब्यागमा राखेर घरको अँध्यारो र चिसो ठाउँमा राख्दा राम्रो हुन्छ।

३) लसुन र प्याज – आलुको जस्तै लसुन र प्याजमा पनि फ्रिजमा राख्दा उस्तै समस्या आउँछ । लसुन र प्याज पनि चिसो र अँध्यारो ठाउँमा राख्नुपर्छ।

४) रोटी – धेरैले रोटी खराब हुन्छ भनेर फ्रिजमा राख्ने गर्छन्। फ्रिजमा राखेको रोटी चाँडै सुक्छ र यसमा रहेको तत्व पनि हराउँछ।

५) कफी – कफी कहिल्यै फ्रिजमा नराखौँ। यसको स्वाद बिग्रने मात्रै होइन, आसपासको खानामा यसको सुगन्ध हावी हुन सक्छ।

६) मह – महको डब्बालाई पातलो प्लाष्टिकले बेरेर राख्नुपर्छ। मह फ्रिजमा राख्दा यसमा क्रिस्टल बन्न थाल्छ र मह कोठाको तापक्रममा राख्दा बिग्रिदैन ।

७) जडिबुटी – तुलसी फ्रिजमा राख्नाले यसको आसपासका राखेका खानाको समेत सुगन्ध सोस्छ वा तुलसीको सुगन्ध हावी हुन्छ । जसले गर्दा अरुको समेत स्वाद हराउँछ। तुलसीलाई पानीमा राख्नुपर्छ।

८) केरा – केरालाई कोठाको तापक्रममा राख्नु पर्छ । केरा काँचो खरिद गर्नु भएको छ भने फ्रिजमा राख्दा पाक्दैन त्यसैले केरालाई फ्रिजमा नराख्दा राम्रो हुन्छ ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button