शिक्षा स्वास्थसमाचार

खाली पेटमा भुलेर पनि नखानुहोस् यी फलफूलहरु

Gobal IME Bank

एजेन्सी । प्रायः सबै मानिसहरुलाई थाहा भएको तथ्य हो खाली पेटमा ताजा फलफुलको जुस सेवन गर्नुहुँदैन । विश्वभरको डाइटिसियनहरुले खाली पेटमा केरा, पेस्ट्रि र दहि सेवन नगर्न सल्लाह दिने गर्छन् । फलफूल र तरकारी स्वास्थ्यका लागि फाइदाजनक मानिन्छ तर केही फलफूल र तरकारी भने हामीले खाली पेटमा सेवन गर्नु हुदैन ।
के के हुन त खाली पेटमा सेवन गर्न नहुने फलफुल र तरकारी

केरा
केरा स्वास्थ्यका लागि निकै राम्रो मानिन्छ, केरामा म्याग्नेसियम प्रशस्त मात्रामा पाइन्छ । केरा खाली पेटमा खाँदा शरीरमा म्याग्नेसियमको मात्रा अचानक बढ्छ क्याल्सियम र म्याग्नेसियमका कारण ग्यास्ट्रिक एसिडको समस्या हुन थाल्छ जसको कारणले छातीमा जलन पनि हुन सक्छ। यदि तपाई खाली पेटमा केरा खान चाहनुहुन्छ भने दूधसँग खानुहोस् ।

अम्बा
अम्बा कहिल्यै पनि खाली पेटमा खानु हुँदैन र काँचो अम्बा पनि सकेसम्म खानहुँदैन । अम्बामा रहेको दाना र यसमा पाइने तत्त्वका कारण पत्थरी हुनसक्छ ।

लेमन सोडा
सफ्ट ड्रिंक्समा लेमन सोडा सबैभन्दा राम्रो मानिन्छ । यसमा चिनी हुँदैन र पानी, कागती र बरफमा सोडा मिसाएर स्फूर्तिदायी पेय तयार गर्न सकिन्छ । यसले ऊर्जा दिन्छ, तर कागती सोडा पिउनेहरूले ध्यान दिनुपर्ने कुरा यसमा धेरै कार्बोनिक एसिड हुन्छ । खाली पेटमा कागती सोडा पिउनुभयो भने यसले ऊर्जाको सट्टा समस्या दिन्छ ।

साइट्रस फ्रुट
सुन्तला, अंगुर र मौसम जस्ता साइट्रस फ्रुटहरु बिहानै खाली पेटमा सेवन गरियो भने यसले शरीरमा ग्यास्ट्रिकको मात्रालाई बढाउन सहयोग गर्दछ र अल्सर हुने जोखिम बढाउछ । त्यसैले खाली पेटमा सुन्तलाको सेवनले स्वास्थ्यको लागि नराम्रो असर पार्न सक्छ । यदि खानु नै छ भने खाना पछि साइट्रस फ्रुट वा त्यसको जुस खान सक्नु हुन्छ ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button