मुख्य समाचारसमाचारसूचना प्रविधि

भान्छामा ग्यास सिलिन्डर प्रयोग गर्दा ध्यान दिनुपर्ने कुराहरु…

Gobal IME Bank

एजेन्सी । भान्छाको सुरक्षामा ध्यान नदिँदा गम्भीर र जीवनभर पछुताउनुपर्ने किसिमको घटना घट्न सक्छ  । विद्युत सर्ट तथा ग्यास लिकेज भएर आगलागी हुँदा सम्पत्ति तथा मानवीय क्षति धेरै हुने गर्छ । सानो सुरक्षाको कुराहरु बारे थाहा नहुँदा यस्ता घटना घट्ने गरेको पाइएको छ ।

भान्छामा हुने घटनाका कारण नै ठूलो हुने गर्छ  । ग्यास लिकेज तथा बिजुली सर्ट भएर नै बढी आगलागी हुने गर्छ । सामान्य सुरक्षा अपनाउन सकेको खण्डमा धेरै धनजनको क्षतिबाट बच सकिन्छ  ।
भान्छा भन्नेबित्तिकै आगोसँग सम्बन्ध हुन्छ ।

विद्युतीय सामग्री वा ग्यास उपयोगी वस्तु हुन्, जसको माध्यमबाट सम्पुर्ण खानाका परिकारहरु पाक्ने गर्छन् र , ग्यास वा विद्युतीय साधन प्रयोग गर्न जान्यौँ भने धेरै सुविधा मिल्छ तर प्रयोग गर्न जानेनौ भने त्यसले क्षति अवश्य नै निम्त्याउँछ । विद्युतीय सामान जस्तै राइसकुकर तथा इन्डक्सनजस्ता सामानमा आईन सर्ट भएको खण्डमा पानी प्रयोग गर्नु हुँदैन । यस्तो अवस्थामा कहाँबाट सर्ट भएको हो खोजेर विद्युतको मुख्य स्विच बन्द गर्ने र ग्यास लिकेज हुँदा पनि पानी प्रयोग गर्नु हुँदैन । ग्यासबाट हुने आगलागी पानीले निभ्दैन, यस्तो अवस्थामा ‘फायर ब्लाङकेटिङ’ प्रयोग गर्नुपर्छ ।

भान्छामा खाना पकाउन जाँदा सकेसम्म आगोले तुरुन्तै टिप्ने लुगा प्रयोग गर्नुहुँदैन । ग्यास लिकेज भएको हो भने सामान्य तन्नाको माध्यमबाट निभाउन सकिन्छ । लिकेज भएको सिलिन्डर कहिले पनि पड्किँदैन, त्यसैले त्यसलाई प्लास्टिकको बाल्टिनले छोप्नुपर्छ, जसले गर्दा अरू ठाउँमा आगो लाग्ने जोखिम कम हुन्छ  ।

ग्यास प्रयोग गर्दा ध्यान दिनुपर्ने कुराहरु
– सिलिन्डर ल्याउँदा गुडाउनु हुँदैन, सुतीको कपडा लगाएर मात्र खाना पकाउनुपर्छ । भार पर्ने गरी सिलिन्डरमाथी कुनै पनि सामान राख्नु हुँदैन । एउटै भान्छामा दुईवटा सिलिन्डर सकेसम्म राख्नु हुँदैन ।

-सकेसम्म सिलिन्डरलाई साइडमा आधार दिने गर्नुपर्छ, जसले गर्दा भुइँचालो जाँदा हुने कम्पनबाट सिलिन्डरमा कुनै हानी नहोस् । सिलिन्डरभन्दा कम्तीमा छ इन्चमाथि ग्यास चुलो राख्नुपर्छ । कहिल्यै पनि चुलोभन्दा सिलिन्डर माथि राख्नु हुँदैन । त्यस्तै ग्यासको रबर पाइप १.५ देखि २ मिटरभन्दा लामो हुनुहुँदैन ।

-सिलिन्डरबाट ग्यास लिक भएको थाहा पाउनासाथ रेगुलेटर बन्द गर्नुपर्छ  त्यसपछि लिक भएको ठाउँ पत्ता लगाउन पाइप, चुलो, रेगुलेटर वा सिलिन्डरको छुट्टाछुट्टै परीक्षण गर्नुपर्छ । सिलिन्डरबाटै लिक भएको भए चुलो, लाइटर, धूप तथा कोठाको बिजुली बत्ती निभाउनुपर्छ । रेगुलेटर नमिलेर वा बिग्रेर पनि ग्यास लिक हुन सक्छ । सिलिन्डर फेरिसकेपछि रेगुलेटर राम्ररी कस्नुपर्छ भने खाना बनाइसकेपछि बन्द गर्नुपर्छ ।

-सिलिन्डरलाई घोप्टो पार्नु हुँदैन यसो गर्दा सिलिन्डर पड्किने जोखिम अत्यन्त धेरै मात्रामा बढ्छ किनभने सिलिन्डरमा भएको ग्यासको लिव्किड पाइपमा भरिन्छ र पाइपमा प्रेसर बढ्छ यसकारण ग्यास बाल्ने क्रममा चुलोमा ग्यास फ्लो हुँदा पनि प्रेसर सँग फ्लो हुन्छ र ग्यास बाल्ने क्रममा पड्किन सक्छ ।

सिलिन्डरको म्याद थाहा पाउने उपाय
-आफ्नो भान्छामा प्रयोग भएको सिलिन्डरको म्याद कोही सर्वसाधारणले पनि सहजै हेर्न र पत्ता लगाउन सक्छन् । सिलिन्डरको घाँटीमा भएका तीनवटा लाम्चा डण्डीमध्ये एउटामा भित्रपट्टि सिलिन्डरको म्यादलाई जनाउने गरी कोड राखिएको हुन्छ । सो कोडकै आधारमा सर्वसाधारणले सिलिन्डरको म्याद पत्ता लगाउन सक्छन् ।

यस्ता ग्यासको सुरुमा ए, बी, सी र डीमध्ये एउटा अक्षर लेखिएको हुन्छ । त्यसपछि १६, १७, २०, २२, २५ आदि अङ्कहरू लेखिएको हुन्छ । यसकै आधारमा सर्वसाधारणले सिलिन्डरको म्याद थाहा पाउन सक्छन् । ए, बी, सी र डीले अङ्ग्रेजीका क्रमशः तीन–तीन महिना जनाउँछ । ‘ए’ले जनवरी, फेब्रुअरी र मार्च महिना जनाउँछ भने ‘बी’ले अप्रिल, मे, जुन महिनालाई जनाउँछ । ‘सी’ले जुलाई, अगस्त र सेप्टेम्बर तथा ‘डी’ले अक्टोबर, नोभेम्बर र डिसेम्बर महिनालाई जनाउँछ ।

यसरी भान्सामा प्रयोग हुने सिलिन्डरको म्याद बुझ्न सकेमा यसबाट हुन सक्ने सम्भावित जोखिमबाट बच्न सावधानी अपनाउन सकिन्छ ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button