मुख्य समाचारशिक्षा स्वास्थसमाचार

के तपाईलाई ग्यास्ट्रिक छ ? मुक्त हुन गर्नुहोस् यी योगासन

Gobal IME Bank

एजेन्सी । आजको समयमा हामीमध्ये धेरैलाई पाचन सम्बन्धी विभिन्न समस्याहरु हुने गर्दछ ।

हाम्रो दैनिक जीवनयापन र खानपानले हाम्रो स्वास्थको मापन गरेको हुन्छ । हामीलाई लाग्न सक्छ पाचन सम्बन्धी समस्या भेको वृद्ध वृद्धामा मात्रै हुन्छ तर त्यसो हैन्, आजको समयमा यो समस्याले युवा पुस्तालाई पनि छोएको छ । हाम्रो जीवनशैलीमा आएको परिवर्तनलाई हामी यस्को मुख्य कारण मान्न सक्छौं ।

शारीरिक व्यायामको कमी, पर्याप्त पौष्टिक खाना नलिने, आवश्यकताभन्दा बढी सोच्ने र मानिसमा बढ्दो मानसिक तनाव जस्ता विभिन्न कारणहरूले एसिडिटी र ग्यास्ट्रिकको समस्या निम्त्याउँछ । एसिडिटी र ग्यास्ट्रिकको समस्या भएकाले जानुशिरासन, करिचक्रसन र हलासन जस्ता अभ्यासहरु गर्नुपर्छ । यी अभ्यासहरु गर्नुहोस् र एसिडिटी र ग्यास्ट्रिकको समस्याबाट टाढा रहनुहोस्

ध्यान वा योग
आजको समयमा हामी धेरैको दैनिकी परिवर्तन भएको छ । जागीरको तनाव, हाकिमको तनाव, घरको तनाव जस्ता अन्य धेरै मानसिक तनाव आजको हाम्रो जीवनशैलीको हिस्सा नै बनिसकेको छ । एसिडिटी बढाउँनमा यी मानसिक तनावको ठुलो भुमिका रहेको हुन्छ । त्यसैले ध्यान वा योग निद्राको नियमित अभ्यास गर्नु फाइदाजनक हुन्छ । यस्ले तनाव हटाउँछ र दिमाग स्वतन्त्र र हल्का हुन्छ ।

मालासन
कब्जियत र ग्यासको समस्या भएका मानिसहरूका लागि यो आसन लाभदायक हुन्छ । कुनै समय हामीले मिठो खानेकुरा पाएपछि अलि बढि नै खाइदिन्छौं, र धेरै खाएपछि प्रायः भारी महसुस हुन्छ । जस्को कारण खाना राम्ररी पच्दैन र शरीर सुस्त र थकित हुन्छ । यस्तो अवस्थामा ५ मिनेट मालासनको अभ्यास गरेमा यो समस्याबाट तुरुन्तै राहत मिल्छ ।

पवनमुक्तासन
पवनमुक्तासन पेटका लागि धेरै नै फाइदाजनक हुन्छ । यो योगले ग्यास्ट्रिक, पेटको विकारमा फाइदा पुर्‍याउँछ । यस योगको कर्मले शरीरबाट दूषित वायु शरीरबाट मुक्त हुन्छ ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button