मुख्य समाचारसमाचार

बालुवाटारमा सुरु भयो सत्ता गठबन्धनको बैठक

Gobal IME Bank
file photo

काठमाडौं । सत्ता गठबन्धनको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ । चुनावपछि गठबन्धनको बैठक पहिलोपटक भएको हो ।

बैठकमा पाँचदलीय गठबन्धनका सबै शीर्ष नेताहरू सहभागी छन् । यो बैठकमा चुनावको समीक्षा र नयाँ सरकारबारे छलफल हुनेछ ।

बैठकमा निर्वाचन परिणामको समीक्षालगायत विषयमा छलफल हुने नेकपा (एकीकृत समाजवादी) का महासचिव बेदुराम भुसालले जानकारी दिनुभएको थियो ।

पाँच दलीय गठबन्धनमा हाल नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), लोकतान्त्रिक समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनमोर्चा छन् । यही मङ्सिर ४ गते सम्पन्न निर्वाचनमा प्रतिनिधिसभाको प्रत्यक्षतर्फ कांग्रेसले ५७ र माओवादी केन्द्रले १८ स्थानमा विजयी भएका छन् ।

यस्तै एकीकृत समाजवादी १०, लोकतान्त्रिक समाजवादी पार्टीले चार, राष्ट्रिय जनमोर्चा एक स्थानमा विजयी भएका छन् ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button