समाचार

राजनीतिक स्थिरताका लागि गठबन्धन– अध्यक्ष दाहाल

Gobal IME Bank

टक्सार (भोजपुर) । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राजनीतिक स्थिरताका लागि बनाइएको गठबन्धन लामो समयसम्म टिक्ने बताउनुभएको छ ।

गठबन्धनले जिल्लाको पूर्वी तिवारीभञ्ज्याङमा गरेको चुनावीसभालाई सम्बोधन गर्न भोजपुर पुग्नुभएका दाहालले अहिलेको गठबन्धन विकास र समृद्धिका लागि गरिएकाले तत्काल नभत्किने बताउनुभयो ।

दाहालले भन्नुभयो, “विचारमा यो वा त्यो नभनेर गठबन्धनका सबै उम्मेदवार जिताउने गरी लाग्नुस्, यो चुनाव अग्रगामी र पश्चगामीबीचको लडाईं भएकाले अग्रगामीले चुनाव जित्नु जरुरी छ ।”

अध्यक्ष दाहालले गठबन्धनबाट प्रतिनिधिसभाका लागि उम्मेदवार बनेका माओवादी केन्द्रका पोलिटब्युरो सदस्य सुदन किराँती विजयी बने उहाँलाई मन्त्री बनाउनेसमेत बताउनुभयो । विगतलाई सम्झँदै अध्यक्ष दाहालले भन्नुभयो, “मैले सुदनजीलाई पुरानै ऋण तिर्नु छ । पहिला पनि मन्त्री बनाउन खोजिएकै हो सकिएन अब निर्वाचित भएपछि रोजेकै मन्त्रालय दिन्छु । तपाईंहरू सुदनलाई जिताएर पठाउनुस् ।”

किराँती २०६४ र २०७४ सालको निर्वाचनबाट दुईपटक सांसद भई सक्नुभएको छ । सङ्घीय सांसदका लागि किराँती र एमालेका स्थायी कमिटी सदस्य तथा प्रदेश एकका पूर्वमुख्यमन्त्री शेरधन राई बीच प्रतिस्पर्धा हुनेछ ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button