मुख्य समाचारशिक्षा स्वास्थसमाचार

घाँटी खसखस हुन्छ ? यसरी निको पार्नुहोस्…

Gobal IME Bank

एजेन्सी । मौसम परिवर्तन भएसँगै धेरैजसो मानिसहरुमा घाँटी खसखस गर्ने र दुख्ने समस्याहरु देखा पर्न थाल्छ । घाँटी खसखस गर्ने विभिन्न कारण हुन्छन् जसमध्ये मुख्य कारण भनेको एलर्जी हो । घाँटीमा खसखस वायु प्रदुषणका कारण पनि हुने गर्छ । यसले घाँटीमा मात्रै होइन, हाम्रो शरीरको जुनसुकै भागमा पनि असर गर्न सक्छ । जाडरक्सी सेवन, चुरोटको सेवन र धेरै मात्रामा चिल्लो पिरो खाँदा पनि घाँटीमा खसखस हुने गर्छ ।

कुनै व्यक्तिलाई रुघा लाग्नु भन्दा अगाडी कानको भित्रि भाग चिलाउने, घाँटी चिलाउने, नाकदेखि पछाडिको भाग चिलाउने गर्छ। यो इरिटेसन भएको अवस्था हो। सामान्य घाँटी सुन्निएको अवस्थामा यस्तो समस्या देखा पर्छ।

धुलो धुवाँको एलर्जी, प्रदूषण, खानपानले गर्दा एलर्जी हुन्छ। मेडिकल भाषामा यसलाई ‘हाइपरसेन्सिटीभिटी’ भन्ने गरिन्छ । यसले सुरुमा सामान्य रियाक्सन देखाउछ पछि घाँटी, नाक र श्वासनलीको कोषलाई असर गर्छ। यसलाई हामी सामान्य भाषामा एलर्जी भन्छौ। कहिले घाँटीको इन्फेक्सन, ग्यासको समस्याले पनि घाँटी खसखस हुन्छ।

खानपान मिलेको छैन, तनाव लिइरहने बानी छ भने घाँटी, नाक र कानमा समेत असर गर्छ। धेरै व्यक्तिलाइ एउटा भन्दा पनि अरु विभिन्न कारणले घाँटीको समस्या देखिने गर्छ।

एलर्जी सबैभन्दा बढी बालबालिकामा संक्रमण हुने हुन्छ। वयस्क भन्दा वृद्धवृद्धामा यो समस्या बढी हुने गरेको पाइन्छ। धेरै असर गर्ने भनेको धुम्रपान गर्ने, पहिले देखिनै अरु रोग, छाती सम्बन्भिध रोग भएका व्यक्ति, सँगै बालबालिकामा थोरै एलर्जी भए पनि धेरै गाह्रो हुनेगर्छ।

मुखमा अमिलो पानी आइरहने बिरामी, ग्यास्ट्रिकका समस्या हुनेलाई पनि घाँटी खसखस हुन सक्छ । मानसिक तनाव हुँदा पनि यस्तो समस्या हुन्छ यस्तो हुँदा मनोपरामर्शको आवश्यकता पर्छ ।

नाक, कान र घाँटीको समस्या जस्तै पिनासले गर्दा पनि घाँटीमा खसखस हुन्छ । खाने पाइपको नलीमा ट्युुमरहरु आइरहेको छ भने पनि घाँटी खसखस हुनसक्छ । अहिलेको सन्दर्भमा भने कोरोना संक्रमणको कारणले धेरै मानिसहरुमा घाँटी खसखस हुने समस्या हुन सक्छ । पोष्ट कोभिड लक्षणको रुपमा पनि यो समस्या देखिन सक्छ ।

जोगिने उपाय र उपचार

  • घाँटी खसखस गर्ने कारणहरु धेरै हुने भएकोले परीक्षण गरी कारण पत्ता लगाउनु पर्छ । नाँक कान घाँटी रोग विशेषज्ञ कहाँ गएर एन्डोस्कोपी गरेर हेर्नु पर्छ र चिकित्सकको परामर्श अनुसार उपचार गर्नुपर्छ ।
  • खासगरी घाँटी खसखसको समस्याबाट बच्नका लागि वातावरण र खानेकुरामा विशेष ध्यान दिनु पर्छ। प्रदूषित ठाउँमा धेरै नबस्ने, मद्यपान, धुम्रपानमा नियन्त्रण गर्ने, चिल्लो, पिरो धेरै नखाने गर्दा यो समस्या आफै कम हुँदै जान्छ ।
  • परीक्षण गर्दा कुनैपनि कारण पत्ता लागेन भने मानसिक तनावले पनि घाँटी खसखस गरेको हुनसक्छ । त्यसैले धेरै तनाव र चिन्ता नलिने र मनोपरार्शदातासँग सल्लाह लिने।
  • एलर्जी भइराख्ने बिरामी र अमिलो पानी घाँटीमा पुग्दा अमिलो डकार आउनेजस्ता कारणले पनि घाँटी खसखस हुन सक्छ । यसको लागि ग्यास्ट्रिक सम्बन्धि विशेषज्ञको सल्लाहअनुसार उपचार गर्नु आवश्यक हुन्छ ।
  • कोरोना संक्रमणको कारणले तथा पोष्ट कोभिड सिम्टमको रुपमा पनि घाँटी खसखस गर्ने समस्या हुने भएकाले कोरोना परीक्षण गरिहाल्नु पर्छ ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button