गुड न्यूज 24समाचार

स्वस्थ वैवाहिक जीवन भनेको के हो ? कसरी बनाउने ?

Gobal IME Bank

एजेन्सी । विवाह जीवनभरी दुई व्यक्ति एक अर्का सँग साथमा रहनको लागि गरिने प्रतिवद्धता हो । यतिबेला विवाहित जोडीले एक अर्काको सुख र दुख हरेक परिस्थितिमा साथ दिने भावनाको साथमा नयाँ सम्बन्धमा बाँधिएका हुन्छन् । विवाह जिवनभरको लागि गरिने साझेदारी हो । तर पुरानो जेनेरेसन र अहिलेको जेनेरेसन बिचको वैवाहिक जिवनलाई हेर्ने हो भने अहिलेको जेनेरेसनको वैवाहिक जीवन प्राय असफल भएको वा वैवाहिक जोडी एक अर्का सँग खुसीसाथ बसिरहेका हुँदैनन् ।

पहिलेको जनेरेसनमा अभिभावकले मागी विवाह गरिदिने र छोरा छोरीले बुवाआमाले भने अनुसार आफ्नो जिवन बाँच्ने गर्थे त्यहाँ छोरा छोरी के चाहाँन्छन् भन्ने कुरालाई महत्व दिइने गरिदैनथ्यो । नेपाली समाजका पहिलेको महिला वा पुरुषको जिवनलाई ध्यान दिएर हेर्ने हो भने उनीहरु एकअर्कासँग खुसी नभए पनि अभिभावकको लागि भनेर सम्झौता र एड्जस्टमेन्ट गरी बसेका हुन्थे। महिलाहरुको तर्फ हेर्ने हो भने समाज, अभिभावकको इज्जतको कारणले कतिपय महिलाहरु घरेलु हिंसा सहेर जिवनयापन गर्ने चलन नै जस्तो थियो ।

प्राय जसो युवायुवती परिवार र समाजको प्रेसरको कारणले गर्दा एक दुई पटक मात्र भेटेको व्यक्ति सँग विवाह गर्छन् र पछि मान्छेसँग राम्रोसित परिचित भइसक्दा उनीहरु त्यो विवाहित सम्बन्धमा बस्न सक्दैनन् र डिभोर्स सम्म कुरा पुग्ने गर्छन् । कतिपय विवाहित युवा जोडी विवाह पश्चात् पछुताएको सम्म देखिन्छ ।

विवाह हाम्रो जिवनको सबै भन्दा महत्वपुर्ण चरण हो यसलाई सानो कुराको रुपमा लिनु हुदैन । हामी एक वा दुई पटक भेटेर एक अर्कालाई केही समय देखाएको व्यक्तिलाई हरेर जीवनभरी कसैसँग साझेदारीको साथमा जिन्दगी बिताउन सक्दैनौ । यदि हामी विवाहलाई सिर्फ समाज र परिवारको प्रेसरको कारणले मात्र गर्ने चिजमा हेरेर विवाह गर्यौ भने हामी नराम्रो सँग फस्छौ किनभने हुन सक्छ हाम्रो विवाह श्रिमान श्रिमती सँग हुन्छ तर त्यो व्यक्ति हाम्रो साथी हुँदैन जोसँग हामी समय बिताउन सक्दैनौ । विवाह हुनुभन्दा केही महिना वा केही वर्ष सम्म दुई व्यक्ति साथीको सम्बन्धमा रहन जरुरी हुन्छ । हामी जीवनको कुनै पनि किसिमको परिस्थितिमा त्यो व्यक्तिसँगै बस्न रुचाउने किसिमको सम्बन्ध बनेपछि मात्र एउटा सफल र स्वस्थ वैवाहिक जीवन बाँच्न सकिन्छ ।

“सफल विवाह सहि साथी भटेर मात्र बन्ने होइन सही साथी बनेर विवाहलाई सफल बनाउन सकिन्छ ।” बारनेट आर ब्रिक्नर
बुद्धिमान दम्पतीलाइ थाहा हुन्छ कि राम्रो घर, कार र रिटायरमेन्ट अकाउन्ट देख्नमा यी कुराहरु राम्रो र लोभ लाग्दो देखिन्छ तर यी कुरा मात्र भएर विवाह सफल हुँदैन । विवाह सफल हुनको लागि अरु पनि धेरै कुराहरुको आवश्यकता पर्छ ।

१. माया र प्रतिवद्धता
कुनै पनि व्यक्तिसँग प्रतिवद्धता माया भए पछि मात्र गर्न सकिन्छ । यो टेलिभिजन, चिलचित्र वा नोबेलमा चित्रण गरिने क्षणिक भावना जस्तो हुँदैन । भावनाहरु आउछन् जान्छन् तर त्यो व्यक्ति सँग प्रतिवद्धताका साथ रहने निर्णय हाम्रो हातमा हुन्छ, यो जिन्दगीभरको लागि लिइने निर्णय हो र यसले नै सफल विवाहलाई परिभाषित गर्छ । विवाह राम्रो, नराम्रो तल माथि हरेक किसिमको परिस्थितिमा प्रतिवद्धताका साथ आफ्नो जिवनसाथीको साथमा रहने निर्णय हो । राम्रो परिस्थितिमा त जो पनि साथमा रहन सक्छ तर साँचो माया जिवनको परिक्षणहरुको क्रममा मात्र प्रदर्शित हुन्छ ।

२. नम्रता
हामी सबैमा कुनै न कुनै किसिमको कमजोरी हुन्छ । अरु सम्बन्धले भन्दा वैवाहिक सम्बन्धले छिटो हाम्रो गल्ती र कमजोरीहरु देखाउने गर्छ । सफल विवाहको लागि हामी आफैले आफुमा भएको कमजोरीहरुलाई स्विकार्न जरुरी छ । आफ्नो कमजोरी, गल्तीहरु स्विकार्न सक्ने र आफ्नो पार्टनरको सानो तिनो गल्तीहरुलाई माफ गर्न सक्ने क्षमताले सम्बन्धलाई सुमधुर बनाउछ । श्रेष्ठताको मनोवृति राख्दा श्रीमान वा श्रीमतीमा आक्रोश र रिसको भावना उत्पन्न हुन्छ जसको कारणले गर्दा सम्बन्धमा सुधार आउदैन ।

३. धैर्यता
कुनै पनि व्यक्ति पर्फेक्ट हुँदैन त्यसैले विवाहित जिवनमा धैर्यता र क्षमा गर्न सक्ने क्षमताको आवश्यकता पर्दछ । आफ्नो पार्टनरको सानो सानो गल्तीहरुलाई माफ गर्ने र धैर्यतासाथ बस्ने बानी बसाल्नु आवश्यक हुन्छ । सफल विवाहमा एकअर्कासँग आफ्नो गल्तीहरुको लागि माफि माग्ने बानी र कुनै पनि व्यक्ति पर्फेक्ट हुँदैन भन्ने कुरा बुझ्न जरुरी हुन्छ ।

४. क्वालिटी टाइम
समयको लगानी बिना सम्बन्ध राम्रो हुँदैन । हरेक सफल वैवाहिक सम्बन्धकोे लागि एकअर्का सँग क्वालिटी टाइम स्पेन्ड गर्न जरुरी हुन्छ । श्रीमान श्रीमती बिचमा गहिरो किसिमको सम्बन्ध हुन आवश्यक हुन्छ र यस कारण अरु सम्बन्ध भन्दा यो सम्बन्धमा बढी समयको आवश्यक पर्छ । कहिलेकाँही आफ्नो श्रीमान श्रीमतीसँग डेट नाइट तय गर्ने र क्वालिटि टाइम स्पेन्ड गर्ने ।

५. इमानदारी र विश्वास
विश्वास र इमानदारी सफल विवाहको आधार हो । तर अरु आवश्यक कुरा भन्दा विश्वास गर्ने कुरामा हरेक व्यक्तिलाई समय लाग्छ । निःस्वार्थी, कमिटेड र धैर्य हुन सकिन्छ तर विश्वासको लागि समय लाग्छ । विश्वास हप्ता, महिना वा वर्ष पछि मात्र निर्माण हुन सक्छ, हामी आफुले आफ्नो पार्टनरलाई साँचो व्यवहार देखाएर र गर्छु भनेको कुराहरु गरि देखाएर विश्वास निर्माण गर्न सक्छौ ।

६. कम्युनिकेसन
सफल र स्वस्थ वैवाहिक जिवनको लागि कम्युनिकेसन अति आवश्यक पर्छ । एकअर्काको दैनिक तालिका, ग्रोसरी लिस्ट र युटिलिटि बिलहरुको बारेमा कुरा गर्ने । आफ्नो आशा, सपना, डर र एन्जाइटीहरु बारे कुराकानी गर्ने । यो आवश्यक साँचो हो स्वस्थ र सफल विवाहको र यसलाई बेवास्ता गर्नु हुदैन । स्पष्ट र इमानदारी पुर्वक कम्युनिकेट गर्नु सफल वैवाहिक जिवनको आधार हो ।

७. निःस्वार्थपन
सर्भेहरुमा नदेखिए पनि धेरै जसो विवाहहरु स्वार्थिपनको कारणले गर्दा टुट्ने गर्छ । स्वार्थि व्यक्ति सिर्फ आफ्नो लागि मात्र कमिटेड हुन्छ, धैर्य गर्न जान्दैन र कहिले पनि सफल श्रीमान वा श्रीमती हुन सक्दैन । आफ्नो आशा, सपना र जीवन आफ्नो पार्टनर सँग सेयर गर्नुहोस् र सँगै बाँच्न सिक्नुहोस् ।

एउटा सफल र स्वस्थ वैवाहिक जिवन सबैभन्दा मुल्यवान् हुन्छ । अस्थायी र क्षणिक कुराहरुको पछि लाग्नु भन्दा पनि आफ्नो पार्टनरसँग राम्रो सम्बन्ध बनाउनुहोस् किनभने यो सम्बन्ध जिवनभरको लागि साथमा रहने छ ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button