गुड न्यूज 24मुख्य समाचारसमाचार

चाउमिन बेचेरै मासिक साढे २ लाख कमाई, ‘जोखिम लिने क्षमता भयो भने गाउँमै स्वरोजगार बन्न सकिन्छ’

Gobal IME Bank

मेलम्ची । सिन्धुपाल्चोक इन्द्रावति गाउँपालिकाका कृष्णबहादुर तामाङको दैनिकी बिहान ५ बजेदेखि सुरु हुन्छ । एकाबिहानै मोटरसाइकलमार्फत् गाउँदेखि इन्द्रावतीको बजार हुँदै मेलम्चीसम्म चाउमिन पुर्याउनुहुन्छ ।

बिहानभरी चाउमिन पुर्याएपछि उहाँको दिन चाउमिन बनाउनमा बित्छ । केही समय जागिर र केही समय बेरोजगार हुनुभएका उहाँले श्रमका लागि विदेशको बाटो नरोजी स्वदेशमै स्वरोजगार हुने निर्णय लिनुभयो । सानो पुँजीमा सुरु गरेको उहाँको चाउमिन बनाउने उद्योगमा अहिले दुई जना रोजगारीमा आबद्ध हुनुहुन्छ ।

कक्षा १० सम्मको अध्ययन पूरा गर्नुभएका २६ वर्षिय तामाङले कुनै समय भक्तपुर चाउमिन उद्योगमा सहयोगीका रुपमा दुई वर्ष र ‘मिस्त्री’का रुपमा ६ वर्ष काम गर्नुभयो । त्यही उद्योगमा सिकेको सीपलाई परिवारको सल्लाहमा चाउमिन उद्योग सुरु गरेको उहाँको भनाइ छ ।

“धेरै समय बेरोजगार भएपछि बुबाआमासँग सल्लाह गरेँ, उहाँहरु मेरो योजनामा सहमत हुनुभयो”, तामाङले भन्नुभयो, “हाल बिबेक नुडल्समा उत्पादन भएको चाउमिनले बजारबाट राम्रो प्रतिक्रिया पाएको छ, यसले असाध्यै खुसी दिएको छ ।” कम्पनीबाट उत्पादन भएको चाउमिन इन्द्रावती गाउँपालिकाका १२ वटा वडा र मेलम्ची नगरपालिकासम्म पुग्ने उहाँको भनाइ छ ।

“हातमा सीप र जोखिम लिने क्षमता भयो भने सानो पुँजीमा पनि गाउँमै स्वरोजगार बन्न सकिन्छ”, तामाङले भन्नुभयो, “त्यसैले विदेश जानुलाई मात्रै विकल्प सोच्नु हुँदैन ।”

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button