समाचारसूचना प्रविधि

गुगलका यी ६ रोचक र महत्वपूर्ण टिप्स र ट्रिक्सहरु, जानी राखौं

Gobal IME Bank

काठमाडौं । गुगल सामान्यतया हामीले कुनै पनि चीजको बारेमा खोज्न वा जानकारी लिन प्रयोग गर्छौ । गुगललाई हामी एक प्रसिद्ध ब्राउजिङ एपको रुपमा चिन्छौँ । तर गुगलको प्यालटफर्म धेरै ठूलो छ र यसमा भएका विभिन्न फिचर्सहरुको बारेमा अझै पनि हामीलाई सम्पुर्ण जानकारी नहुन सक्छ । तर गुगलमा भएका यस्तै विभिन्न टिप्स र ट्रिक्स छन् जुन हाम्रो लागि धेरै नै उपयोगी हुन सक्छन् । ती मध्येका गुगलका ६ वटा रोचक तथा महत्वपूर्ण टिप्स र ट्रिक्सहरु यस्ता छन् ।

१)  9812540356  सामान्यतया हामीलाई कसैले यो नम्बर कति हो भनेर शब्दमा भन्न लगाए हामी झट्टै भन्न सक्दैनौ तर एक, दश, सय, हजार भन्दै गन्दै जान्छौँ जसको लागि धेरै समय लाग्न सक्छ । तर गुगलमा यो काम एक चुट्कीमा हुन्छ । यसको लागि तपाईले यो नम्बर  9812540356 =  english  सर्च बक्समा लेखेर टाइप गर्नुभयो भने केही सेकेन्डमै यसको जवाफ पाउनुहुन्छ ।

२) यदि तपाईहरु फिल्मको शौखिन हुनुहुन्छ भने यो टिप्स तपाईको लागि उपयोगी हुनसक्छ । यदि तपाईहरु फ्रि मा अनलाइनका फिल्महरु हेर्न रुचाउनु हुन्छ भने यसलाई खोज्न धेरैवटा वेबसाइटमा धाउनु हुन्छ होला तर यसको लागि सजिलो उपाय छ । यसको लागि तपाईले गुगलमा गई फिल्मको नामको अगाडि  google drive लेख्नुपर्छ । जस्तै : Iron Man movie google drive । यसरी सजिलै हामीले अपलोड गरिएका फिल्महरु हेर्न सक्छौं ।

३) यदि तपाईहरु घन्टौ अफिसमा कम्प्युटरमा बसेर काम गर्नुहुन्छ र केही समयका लागि ब्रेक लिई अनलाइन गेम खेल्न चाहनुहुन्छ भने गुगलमा गएर pacman doodle game खेल्न सक्नुहुन्छ । यो गेम त्यही कम्प्युटरमा बसी बसी खेल्न सकिन्छ र चाहिएमा सजिलै बन्द पनि गर्न सकिन्छ ।

४) कहिलेकाँही तपाईको फोन चोरी भएको अथवा हराएको खण्डमा आफ्नो लोकेसन ट्रयाक गर्नुपर्ने भएमा गुगलको यो फिचर प्रयोग गर्न सकिन्छ । यसका लागि गुगलमा find my device  मा गई आफ्नो ईमेल लग इन गरेपछि तपाईको फोनको लास्ट लोकेसन देखाउँछ । त्यस्तै आफ्नो फोनको महत्वपूर्ण डेटा पनि इरेज गर्न सक्नुहुन्छ ।

५) गुगलबाटै हामी मौसमको बारेमा पनि जानकारी लिन सक्छौं । यसका लागि गुगलमा गई जस्तै :  Kathmandu weather टाइप गरेर हामी काठमाडौंको मौसमबारे सबै जानकारी पाउन सक्छौं ।

६) गुगलबाट तपाई कुनैपनि भाषाका वाक्य वा शब्दहरुलाई गुगल ट्रान्सलेटको प्रयोग गरेर भाषा परिवर्तन गर्न सक्नुहुन्छ ।

गुगलका यस्ता विभिन्न टिप्स र ट्रिक्सले हाम्रो कार्यलाई छिटो र सहजतासगं पूरा गर्न सहयोग गर्दछ ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button