शिक्षा स्वास्थसमाचार

ग्रामीण क्षेत्रमा पुग्दै आयुर्वेद स्वास्थ्य सेवा – Good News 24

Gobal IME Bank

राँझा । बाँके आयुर्वेद स्वास्थ्य केन्द्रले जिल्लाका ग्रामीण क्षेत्रमा पुगेर सेवा प्रवाह गर्ने अभियान सुरु गरेको छ । ग्रामीण क्षेत्रका नागरिकलाई आयुर्वेद स्वास्थ्य उपचारबारे जानकारी गराउँदै निरोगी बन्न प्रेरित गर्न शिविरमार्फत गाउँगाउँमा पुगेर सेवा प्रवाह अभियान सञ्चालन गरिएको बाँके आयुर्वेद स्वास्थ्य केन्द्रका प्रमुख आयुर्वेद चिकित्सक डा. अनिलकुमार चौधरीले जानकारी दिनुभयो ।

उहाँका अनुसार जिल्लाका ग्रामीण क्षेत्रमा आयुर्वेद स्वास्थ्य उपचार पु¥याउन नियमित रुपमा शिविर सञ्चालन हुँदै आएको छ । यस्तो अभियानले ग्रामीण क्षेत्रका जनताले आफ्नै गाउँठाउँमा आयुर्वेद स्वास्थ्य सेवा पाउन सफल भएका छन् ।

स्थानीय तहमा रहेका आयुर्वेद शाखाको समन्वय र सहकार्यमा ग्रामीण क्षेत्रमा पुगेर शिविर सञ्चालन गर्ने गरिएको डा चौधरीले बताउनुभयो । शिविरमार्फत ग्याष्ट्रिक, उच्च रक्तचाप, मधुमेह, मोटोपन, अर्श, अर्बुद, मिर्गौला तथा श्वासप्रश्वाससम्बन्धी स्वास्थ्य सेवा दिने गरिएको छ ।

बाँकेको बैजनाथ गाउँपालिका वडा नं ३ मा हालै आयोजना गरिएको आयुर्वेद स्वास्थ्य शिविरमा स्थानीयलाई स्वास्थ्य सेवा र परामर्श दिइएको बाँके आयुर्वेद स्वास्थ्य केन्द्रकी डा गीता रेग्मीले जानकारी दिनुभयो । उहाँका अनुसार शिविरमा व्यक्तिको उमेर अनुसारको तौल भए÷नभएको, सुगरको अवस्था र मात्राबारे जानकारी, हुनसक्ने सम्भावित रोगबारे जानकारी दिई निदानका लागि आवश्यक परामर्श दिने गरिएको छ ।

शिविरमार्फत रोग नियन्त्रणका लागि अपनाउनुपर्ने खानपान र योग अभ्यासबारे जानकारी दिने र त्यसपछि १५ दिनसम्म आयुर्वेदकै नेतृत्वमा योगाभ्यास सञ्चालन गर्ने गरिएको छ । पन्ध्र दिनपछि पुनः शिविर सञ्चालन गरी अघिल्लो शिविरमार्फत मापन गरिएको सुगरको मात्रा, तौल लगायतको अवस्था बुझी पुनः गर्नुपर्ने कार्य सुझाउने गरिएको डा रेग्मीको भनाइ छ ।

आयुर्वेद स्वास्थ्य केन्द्रले आयोजना गर्ने शिविरमा स्थानीयको उल्लेख्य सहभागिता हुने गरेको छ । गाउँघरमा आयुर्वेद उपचारको महत्व बुझाउन ग्रामीणस्तरमा शिविर सञ्चालन गर्ने गरिएको अस्पताल विकास समितिका अध्यक्ष जनकराम भण्डारीले बताउनुभयो ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button