मनोरञ्जनमुख्य समाचारसमाचार

ज्ञानेन्द्र शाहीको आग्रह- सांसदका स्वकीयको तलब कटौती गरी खेलाडीको तलब बढाइयोस्

Gobal IME Bank

काठमाडौं । सबै सांसद, मन्त्रीहरुको स्वकीयको तलब कटौती गरि राष्ट्रिय खेलाडीहरुको तलबमा वृद्धि गरियो भन्दै राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र शाहीले माग गर्नुभएको छ ।

सांसद शाहीले खेलले नेपाललाई विश्वमा चिनाएपनि खेलाडीहरूका लागि सरकारले पर्याप्त बजेट नछुट्याउँदा खेलाडीहरू पलायन भइरहेको पनि बताउनुभयो।

राष्ट्रिय फुटबल टोलीका कप्तानसमेत रहेका सुजल श्रेष्ठ अष्ट्रेृलिया पलायन भएको विषय उठाउँदै शाहीले खेलाडीको तलब वृद्धि गर्न सरकारसँग माग गर्नुभएको
हो ।

खेलकुद क्षेत्रमा नेपाल सरकारबाट ०. १३% मात्र बजेट छुट्याइएको र जुनचाँही मन्त्रीहरूका स्वकीय सचिव भन्दा कम तलब भएको पनि सांसद शाहीले बताउनुभएको हो । सांसद शाहीले सबै सांसद, मन्त्रीहरुको स्वकीयको तलब कटौती गरि खेलाडीहरुको तलबमा बृद्धि गरियोस्, र रंगशाला बनाइयोस् र बजेट अगाडि बढाइयोस् भन्नुभएको हो । आज बसेको संघीय संसदको बैठकमा सांसद शाहीले यो कुरा उठाउनुभएको हो ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button