मनोरञ्जनसमाचार

अन्तर्राष्ट्रिय महोत्सव पुरस्कृत चलचित्र ‘हल्कारा’ नेपालमा वैशाख २९ मा प्रदर्शन हुने

Gobal IME Bank

काठमाडौं । अन्तर्राष्ट्रिय महोत्सवमा पुरस्कृत भएको चलचित्र ‘हल्कारा’ नेपालमा वैशाख २९ मा प्रदर्शन हुने तय गरिएको छ ।

निर्माण पक्षले नयाँ पोस्टर सार्वजनिक गर्दै घोषणा गरेको हो । विक्रम सापकोटाको लेखन तथा निर्देशनमा तयार गरिएको यो चलचित्रमा महेश त्रिपाठी र विनिता थापामगर प्रमुख भूमिका निर्वाह गर्नु भएको छ ।

‘चलचित्रमा गाउँमा चिठ्ठी पर्याउने एक हल्काराको माध्यमबाट वैदेशिक रोजगारीको कारण नेपाली समाजमा पारेको प्रभावलाई देखाउने कोसिस गरिएको जानकारी, निर्देशक सापकोटाले दिनु भएको छ । ‘सत्यकथाबाट प्रेरित भए पनि मनोरञ्जक हिसाबले चलचित्र प्रस्तुत गरिएको छ । यसमा अभिनेता त्रिपाठीले हुलाकीको चरित्र निर्वाह गर्नु भएको छ । यस चलचित्रमा उमेश तामाङ, पशुपति राई, स्व दीपक क्षेत्री, विद्या कार्की आदि कलाकारको अभिनय रहेको छ ।

‘हल्कारा’ अमेरिकाको ‘वर्ल्ड फेस्ट ह्युस्टन फिल्म फेस्टिवल’मा उत्कृष्ट घोषित भएको थियो भने अभिनेता त्रिपाठीले उत्कृष्ट अभिनेताको अवार्ड जित्नु भएको थियो ।

यस्तै, नेपाल-अमेरिका फिल्म फेस्टिभलमा ‘लङ न्यारेटिभ’ विधामा पुरस्कृत हुन सफल भएको यो चलचित्र अन्य महोत्सवमा समेत छनोट भएको थियो ।

यसअगाडि कालोपोथी, सेतो सूर्यलगायतका चलचित्रसमेत अन्तर्राष्ट्रिय महोत्सवमा पुरस्कृत भएपछि मात्र प्रदर्शन भएका थिए ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button