मुख्य समाचारसमाचारसूचना प्रविधि

हाम्रो पात्रोले सुरु गर्यो ‘हाम्रो पे’, २४ घण्टाभित्रै ११ हजार भन्दा बढी ग्राहक जोडिए

Gobal IME Bank

काठमाडौं । सार्वजनिक भएको २४ घण्टाभित्रै ‘हाम्रो पे’ मा ११ हजार भन्दा बढी ग्राहक जोडिएको छ ।

गत शुक्रबारबाट हाम्रो पात्रोले सुरु गरेको डिजिटल वालेट ‘हाम्रो पे’ मा छोटो समयमै यति धेरै ग्राहक जोडिएका हुन् । त्यसो त छोटो समयमै यति धेरै ग्राहक जोडिन आउँदा केवाईसी भेरिफिकेसनको काममा भने केही ढिलाई भएको कम्पनीले जनाएको छ ।

हाम्रो पेमा अन्य डिजिटल वालेटमा रहेका फिचरका साथै मौलिक फिचरसमेत रहेका छन् । जसमा कहाँ कति खर्च भइरहेको छ भन्ने कुरा थाहा पाउने खर्च ट्र्याक गर्न मिल्ने, मिलेर बिल तिर्ने (स्प्लिट एन्ड पे) लगायतका आकर्षक फिचरहरु रहेको कम्पनीले बताएको छ ।

त्यस्तै यसमा ‘लाइभ च्याट’ र स्थानीयसहित छ ओटा भाषामा यो एप प्रयोग गर्न सकिन्छ ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button