गुड न्यूज 24समाचार

ब्रेकफास्टमा के- के खाने ?

Gobal IME Bank

काठमाडौँ । हाम्रो दिनभरीको क्रियाकलापलाई राम्ररी सम्पन्न गर्न हामीलाई तागत र उर्जा चाहिन्छ । हाम्रो शरीरलाई स्वस्थ राख्न हेल्दी मर्निङ रुटिङ र ब्रेकफास्ट ज्यादै जरुरी हुने गर्छ । बिहानको नास्ताले हाम्रो शरीरमा उर्जा प्रदान गर्छ र हाम्रो शरीरलाई स्फुर्त बनाउन सहयोग गर्छ । तर हामी मध्ये कतिपयले बिहानको ब्रकेफास्टमा कफी, चिया खाने अथवा ब्रेकफास्ट नै स्किप गर्ने गर्छौँ । यसो गर्नाले हाम्रो शरीरलाई चाहिने फाइबर र प्रोटिन शरीरले पाउँदैन । त्यसैले हाम्रो शरीरलाई चाहिने पोषक तत्वका लागि बिहानको नास्ता निकै नै महत्वपूर्ण हुन्छ । ब्रेकफास्टमा के- के खाँदा हामीलाई फाइदा हुन्छ र दिनभर काम गर्ने उर्जा प्राप्त हुन्छ त? जानी राखौँ ।

१) फलफुल
ब्रेकफास्टमा फलफुल खानु निकै फाइदाजनक मानिन्छ । ब्रेकफास्टमा धेरै थरीको फलफुल मिसाएर खाँदा शरीरलाई चाहिने पोषक तत्व पाइन्छ । फलफुलमा पाइने फाइबर र भिटामिनले शरीरलाई उर्जा प्रदान गर्छ । सुन्तला, स्ट्रबेरी, लिची, मेवा, चेरी, किवी, अम्बा र स्याउ खानु राम्रो हुन्छ । यी सबैमा भिटामिन सी र एन्टी अक्सिडेन्ट पाइन्छ जसले छालालाई चम्किलो बनाउँछ र प्रि मेचुयर एजिङ हुनबाट पनि जोगाउँछ । केरा र आँपमा पनि पोटासियम पाइन्छ जुन ब्रेकफास्टमा खानु फाइदाजनक हुन्छ । फ्रुट जुस भन्दा फलफुल नै खानु राम्रो हुन्छ किनभने यसले शरीरलाई चाहिने फाइबर प्रदान गर्छ ।

२) सालमोन फिस
सालमोन एक किसिमको फ्याटी फिस हो जुन ब्रेकफास्टमा खानु फाइदाजनक हुन्छ । यसमा ओमेगा ३ फ्याटी एसिड पाइन्छ जसले शरीरलाई उर्जा प्रदान गर्छ ।

३) पनिर
पनिरमा भिटामिन ए, बी र क्यालसियम पाइन्छ । यो प्रोटिनले भरिपूर्ण र लो क्यालोरी भएको खानेकुरा हो । यसमा आइरन पनि पाइन्छ त्यसकारण ब्रेकफास्टमा यसलाई केही सगँ मिसाएर खाँदा पेट पनि भरिने र स्वस्थलाई पनि फाइदा गर्छ ।

४) कालो चिया
कफीको सट्टामा बिहान ब्रेकफास्टमा कालो चिया खानु तुलनात्मक हिसाबमा फाइदाजनक हुन्छ । यसमा एन्टी अक्सिडेन्ट प्रोपर्टी हुन्छ जसले मुटुलाई निरोगी राख्न र कोलेस्टेरोल कम गर्न मद्दत गर्छ । यसमा क्याफिन र एल थियानिन नामक तत्व पनि पाइन्छ । एल थियानिनले दिमागलाई फोकस गर्न र रिल्याक्स राख्न सहयोग पुर्याउँछ । त्यसैले ब्रेकफास्टमा कालो चिया पिउँदा हाम्रो शरीर फुर्तिलो हुन्छ ।

५) नट्स वा ड्राई फ्रुटस
ब्रेकफास्टमा ड्राई फ्रुट खानु निकै राम्रो मानिन्छ । यसमा भरपुर मात्रामा पोटासियम, म्याग्नेसियम र एन्टी अक्सिडेन्ट पाइन्छ । ब्रेकफास्टमा ड्राई फ्रुट जस्तै बदाम र ओखर खानु लाभदायक हुन्छ । यसमा प्रोटिन र फाइबर पाइन्छ जसले हाम्रो शरीरलाई स्वस्थ राख्न मद्दत गर्नुका साथै मुटुलाई निरोगी राख्न पनि सहयोग गर्छ ।

६) अण्डा
अण्डामा भरपुर मात्रामा प्रोटिन पाइने गर्छ । यो खाँदा मिठो हुनुका साथै पकाउन पनि निकै सजिलो हुन्छ । अण्डालाई उसिनेर, स्क्रयाम्बल गरेर, पोच बनाएर, अमलेट बनाएर जसरी पनि ब्रेकफास्टमा खान सकिन्छ ।

७) फ्ल्याक्ससीड
फ्ल्याक्ससीडमा ओमेगा ३ फ्याटी एसिड, फाइबर र प्रोटिन पाइन्छ । फ्ल्याक्ससीडले कोलेस्टेरोल कम गर्न, इन्सुलिन सुधार्न र ब्लड सुगर लेभल कम गर्न सहयोग गर्छ । यसले ब्रेस्ट क्यान्सरबाट पनि बचाउने केही रिसर्चहरुले पुष्टि गरेका छन् । त्यसैले ब्रेकफास्टमा फ्ल्याक्ससीडलाई फलफुल, अण्डा आदि सगँ मिसाएर खाँदा हाम्रो शरीरलाई फाइदा हुन्छ ।

८) सखरखण्डा
सखरखण्डामा भरपुर मात्रामा प्रोटिन, भिटामिन र फाइबर पाइन्छ । यसलाई ब्रेकफास्टमा खाँदा पेट भरिनुका साथै दिनभर शरीरलाई उर्जा प्रदान गर्छ । यदि दिनहुँ ओट्स, अण्डा खाँदा दिक्क हुनुभएको छ भने यो ब्रेकफास्टको लागि राम्रो विकल्प हुन सक्छ ।

तपाईको स्वास्थ्य सबैभन्दा पहिले आउँछ त्यसैले यसको ख्याल राख्नु जरुरी छ । त्यसैले आफ्नो शरीरको लागि बिहानको नास्ता अथवा ब्रेकफास्ट स्किप नगरी समयमै खाने बानी बसाल्नुहोस् ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button