समाचार

चार खेलाडीलाई उपचार सहयोग-Goodnews24

Gobal IME Bank

काठमाडौँ- राष्ट्रिय खेलाडी कल्याणकारी कोषले चार खेलाडीलाई आइतबार उपचार खर्च प्रदान गरेको छ । कोषले एथलेटिक्स, बास्केटबल, जुडो र कबड्डीका चार खेलाडीलाई कूल रु चार लाख सहयोग प्रदान गरेको हो ।

कोषले एथलेटिक्सका पूर्वराष्ट्रिय खेलाडी स्व रवीनकुमार राईको परिवारलाई रु एक लाख सहयोग गरेको छ । सहयोग रकम राईकी धर्मपत्नी मञ्जु श्रेष्ठलाई हस्तान्तरण गरिएको थियो । अर्बुदरोगबाट पीडित राईको गत साउन १९ गते निधन भएको थियो । यस्तै कोषले बास्केटबलकी सविता खड्कालाई रु एक लाख २५ हजार, जुडोका पूर्वखेलाडी पृथ्वी आलोकलाई रु एक लाख तथा कबड्डीकी मनीषा विष्टलाई रु ७५ हजार सहयोग गरेको छ । तीनै जना घुँडाको समस्याबाट पीडित हुनुहुन्छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव एवं कोषका अध्यक्ष रमेशकुमार सिलवालले उहाँहरुलाई सो रकमको चेक हस्तान्तरण गर्नुभयो ।

समस्यामा परेका खेलाडीलाई सहयोग गर्ने उद्देश्यले कल्याणकारी कोष, २०६८ सालमा स्थापना गरिएको नेपाल राष्ट्रिय तथा अन्तरराष्ट्रिय खेलाडी सङ्घका अध्यक्ष एवं कोषका सदस्य–सचिव दीपक श्रेष्ठले जानकारी दिनुभयो । कोषमा जम्मा गरिएको रकमको व्याजबाट समस्यामा परेका खेलाडीलाई आर्थिक सहयोग गरिँदै आएको छ ।

यो पनि पढ्नुहोस् ..
[irp posts=”3415″] [irp posts=”3558″] [irp posts=”3605″] [irp posts=”6152″] [irp posts=”6192″] [irp posts=”6588″]

 

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button