मनोरञ्जनसमाचार

जाडो मौसममा हाइकिङको फाइदाहरु…

Gobal IME Bank

काठमाडौँ । जाडो मौसमको समयमा प्राय मानिसहरु घर भित्र नै धेरै काम नगरी बसिरहेको हुन्छन् । यसको कारणले हाम्रो शरीरले व्यायाम पाउँदैन र हामीलाई विभिन्न रोगहरु लाग्न सक्छ । जाडो मौसमको समयमा शरीरको व्यायामको लागि र घुम्नको लागि साथीहरु सँग हाइकिङ जाँदा हाम्रो शरीरको पाचन प्रणाली बुस्ट हुनुका साथै मौसमी रोगहरु लाग्नबाट पनि हामीलाई मद्दत मिल्छ ।

घरमा बसेर टिभी वा मोबाइलमा समय बिताउनुको सट्टा साथिभाईहरु सँग हाइकिङ जाँदा फ्रेस हावा मिल्नुको साथै हामीलाई विभिन्न स्वास्थ्य लाभ पनि मिल्छ । जाडोमा हाइकिङ जाँदा गर्मीमा भन्दा बढी फाइदा प्राप्त हुन्छ । जाडोमा हाइकिङ गर्दा कार्डियोभास्कुलर सिस्टमलाई राम्रो बनाउनुका साथै हाम्रो मुड राम्रो हुन्छ र हाम्रो शरीरमा उर्जा पनि बढ्छ ।

जाडोमा हाइकिङ जाँदा के के फाइदाहरु हुन्छ ?

१) खाली बाटो
शहरमा धेरै मानिसको भिडभाड र व्यस्त समयबाट केही समय ब्रेक लिएर हाइकिङ जाँदा हाम्रो मुड राम्रो हुनको लागि मद्दत मिल्छ । गर्मीमा जस्तो जाडोमा हाइकिङ ट्रायलहरुमा पनि भिडभाड नहुने कारणले गर्दा यतिबेला हाइकिङ जाँदा हाम्रो लागि लाभदायक हुन्छ । चिसोका कारण हाइकिङमा धेरै मान्छेहरु जादैनन् यसकारण हामीलाई प्राइभेट समय पाउनको लागि मद्दत मिल्छ ।

२) क्यालोरी बर्न
न्यूयोर्कको अबलेनिमा रहेको युनिभर्सिटिले गरेको रिसर्चबाट पत्ता लागेको छ कि चिसो तापक्रम भएको वातावरणमा मानिसहरुको शरीरको तापक्रम १५ देखि २० डिग्रि बढेको थियो र यसको कारणले गर्दा उनीहरुको शरीरमा ३४ प्रतिशत क्यालोरी बर्न भएको थियो । रिसर्चले जाडो भन्दा गर्मीमा हाइकिङ जाँदा बढी मात्रामा क्यालोरी बर्न हुने पत्ता लगाएको थियो । कारण चिसो मौसममा हाम्रो शरीरले तापक्रम मेनटेन गर्नको लागि ज्यादा मात्रामा उर्जाको प्रयोग गर्छ र हाम्रो शरीरमा धेरै उर्जाको प्रयोगको कारण क्यालोरी बर्न हुन्छ ।

३) मांसपेशी कसिलो हुने
‘अमेरीकन जर्नल अफ ह्युमन बायोलोजि ’ मा छापिएको प्रकाशित स्टडीमा चिसो मौसममा ३,४ महिनाको लागि विभिन्न शारीरीक व्यायाम हुने किसिमको ट्रेनिङ प्रोग्रामहरुमा सहभागी भएको मानिसहरुको शरीरको मांसपेशीहरु कसिलो भएको थियो । जाडोमा वल्क वा हाम्रो शरीरमा फ्याट कोशाणुहरु हुन्छन् र शारीरीक व्यायाम गर्दा फ्युलको लागि यी फ्याट कोशाणुहरुको प्रयोग हुन्छ जसको कारणले गर्दा हाम्रो शरीरको मांसपेशीहरु कसिलो बन्नको लागि मद्दत मिल्छ । हाइकिङमा जाँदा हाम्रो शरीरको मांसपेशीहरु कसिलो हुनको लागि मद्दत मिल्छ ।

४) शरीरको फ्याट बर्न हुन्छ
चिसो मौसमको समयमा बाहिर समय बिताउँदा हाम्रो शरीरमा ब्राउन फ्याटको उत्पादन हुन्छ यसप्रकारको फ्याटमा मिटोक्रोन्डीया हुन्छ जसले क्यालोरीलाई सोस्ने काम गर्छ । यसरी हाम्रो शरीरको फ्याट बर्न हुनको लागि हाइकिङ जाँदा लाभ प्राप्त गर्न सकिन्छ । विभिन्न हेल्थ इन्सटिट्यूडहरुले आफ्नो स्टडीमा पत्ता लगाएका छन् कि चिसो तापक्रममा शरीरको तौल घट्ने गर्छ ।

जाडोको समयमा भिडभाड कम हुनुका साथै किराहरु पनि हुँदैनन् । यति बेला हाइकिङ जाँदा एक्लै वा साथीहरु सँग क्वालिटि टाइम बिताउनुको साथै शारीरीक लाभ पनि प्राप्त गर्न सकिन्छ ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button