समाचार

हिमालका फेदीबाट पहाड झरे भेडीगोठ – Good News 24

Gobal IME Bank

बेनी । बर्खायाममा चरनका लागि हिमालका बुकीहरुमा पुगेका भेडीगोठहरु पहाडतर्फ झर्न थालेका छन् । गर्मी बढेसँगै गत असारमा चरनका लागि हिमालका फेदीसम्म पुगेका भेडीगोठलाई असोज पहिलो सातादेखि नै पहाडी भेगतर्फ झार्न लागिएको हो । हिमालका बुकीहरुमा चिसो बढेसँगै भेडीगोठलाई बिस्तारै तलतिर सार्न लागिएको भेडीगोठालाहरु बताउँछन् ।

म्याग्दीका गुर्जा, मुदी, ओखरबोट, मल्कबाङ, मराङ, कुइनेमङ्गले, चिमखोला, भगवती, दोवा, दाना, पाउद्वारलगायतका क्षेत्रमा व्यावसायिक भेडापालन हुँदै आएको छ । गुर्जाको चुरेन र पुथाआधार शिविरमा रहेका भेडीगोठ गाउँतर्फ सार्न सुरु गरिएको छ । हिमाली क्षेत्रमा करिब तीन महिनासम्म रहने भेडीगोठलाई बिस्तारै पहाडी जङ्गलतर्फ सारिएको विगत छ वर्षदेखि व्यावसायिक भेडापालन गर्दै आउनुभएका धवलागिरि गाउँपालिका–५ मल्कबाङका हिमबहादुर छन्त्यालले बताउनुभयो ।

“धौलागिरि आधार शिविरसम्म नै गोठ पु¥याएको थिएँ, चिसो बढ्न थालेपछि अहिले मयाले डाँडामा गोठ झारेका छौँ, अब बिस्तारै यहाँबाट पनि बँेसीतर्फ नै गोठ सार्छौं”, उहाँले भन्नुभयो । मलम्पारका भविराम छन्त्याल र शङ्कर छन्त्यालले पनि च्यामली आधार शिविरमा राखेको भेडीगोठलाई कोपा र धुरीबाङ खर्कमा सार्नुभएको छ ।

रघुगङ्गा गाउँपालिकाको चिमखोला र कुइनेमङ्गलेका भेडापालक कृषकहरुले चौरवन, रिखार, कालीबराहलगायतका बुकीहरुमा राखेका भेडीगोठलाई खर्कतिर सार्न थालेका छन् । धवलागिरि गाउँपालिका–४ मुदीका झर्सिङ मगर, खिमकल मगर र चनप्रसाद मगरलगायतले पनि हिमाली बुकीहरुबाट सिङकोसतर्फ भेडीगोठ सार्न थाल्नुभएको छ ।

मुस्ताङ र म्याग्दीको हिमालीबुकीसम्म गोठ लगेका रघुगङ्गा गाउँपालिकाको भगवती र बेगका भेडापालकहरुले समेत गोठलाई पहाडी क्षेत्रमा ल्याइसकेका छन् । उता अन्नपूर्ण गाउँपालिका–५ खयरखोला र वडा नं ३ दानाको लेकमा रहेका गोठहरु पनि न्यानो र चरनका लागि लेकका बुकीबाट खर्कतर्फ झरेका छन् । चरन, न्यानो र बिक्रीका लागि पनि गोठहरुलाई लेकका बुकीबाट बेँसीतर्फ लैजान सुरु भएको पाउद्वारका भेडापालक कृषक लालवीर तिलिजाले जानकारी दिनुभयो ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button