समाचार

युवा तथा खेलकुद मन्त्रालयलाई विभाजन गर्न आवश्यक छः मन्त्री गहतराज – Good News 24

Gobal IME Bank

काठमाडौं । युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजले आगामी निर्वाचनमा युवाहरुलाई देशभित्र नै स्वरोजगारको वातावरण बनाउने कुरा नै आगामी निर्वाचनको मुख्य मुददा बन्नुुपर्ने बताउनुभएको छ ।

आईतवार काठमाडौंमा आयोजित नेपाल युवा उद्यमशिलता शिखर सम्मेलन २०२२ लाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो । मन्त्री गहतराजले युवा र स्वरोजगारका मुददालाई अघि बढाउने पार्टीहरुले नै आगामी देशको बागडोर सम्हाल्नुपर्ने बताउनु भयो । उहाँले देशभित्र नै स्वरोजगारको वातावरण बनाउने कुरा अहिले विदेश पलायन भइरहेको युवा शक्तिलाई रोक्ने बताउनु भयो ।

मन्त्री गहतराजले युवा तथा खेलकुद मन्त्रालयलाई दुई भागमा विभाजन गर्न आवश्यक रहेको पनि बताउनु भयो । उहाँले युवा तथा खेलकुद मन्त्रालयलाई युवा, श्रम तथा रोजगार मन्त्रालय र शिक्षा तथा खेलकुद मन्त्रालयको रुपमा विकास गर्न आवश्यक रहेको बताउनु भयो । उहाँले अहिले राज्यकै नीतिमा पनि अन्तरबिरोध भइरहेको बताउँदै यसलाई समयानुकुल परिमार्जन गर्न आवश्यक भएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘मैले जुन मन्त्रालय सम्हालीरहेको छु, मलाई अहिले अनुभुति भएको छ, हामीले हिजो जुन मन्त्रालय बनायौँ, यो मन्त्रालयको कार्य विभाजन अझै मिलिरहेको छैन भन्ने लागेको छ । त्यसैले मैले अहिले छलफल गरिरहेको छु, युवा तथा खेलकुद मन्त्रालयलाई दुई भागमा बाँडनुपर्छ । एउटा युवा, श्रम तथा रोजगार मन्त्रालय र अर्को खेलकुदलाई पनि शिक्षाकै रुपमा लिएर शिक्षा तथा खेलकुद मन्त्रालयको रुपमा विकास गर्न आवश्यक छ । एकातिर खेलकुद र अर्कोतिर युवाहरुको विकास छ । अहिले राज्यकै नीति पनि अन्तरबिरोध भइरहेको छ ।

एउटा मन्त्रालय देशभित्रै स्वरोजगार हुनुपर्छ भन्छ, अर्को मन्त्रालय रेमिटयान्स ल्याउन बाहिर जानुपर्छ भनेर मेनपावर गुहार्दै हिँडछ । हामीलाई रेमिटयान्स चाहिन्छ, दक्ष जनशक्ति बाहिर श्रमको लागि पठाउनु पर्छ । अब युवाहरुलाई रोजगार सिर्जना गर्ने, देशभित्र नै स्वरोजगारको वातावरण बनाउने कुरा नै आगामी निर्वाचनको मुख्य मुददा बन्नुपर्छ । जसले यी मुददालाई अघि बढाएर जान्छ, तिनै पार्टीहरुले नै आगामी देशको बागडोर सम्हाल्नुपर्छ ।’

मन्त्री गहतराजले प्राकृतिक श्रोत र साधनलाई सही ढंगले सदुपयोग गर्ने नयाँ सोच ल्याउनुपर्ने आवश्यक्ता रहेको बताउनु भयो । उहाँले एकदवार प्रणालीबाट युवाहरुलाई तालिम दिने हो भने करिव ७० अर्ब रुपैयाँ रकम केन्द्रित गर्नसक्ने आधार सरकारसँग रहेको बताउनु भयो ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button