Thursday , 4 March 2021

६५औँ प्रहरी दिवसमा सम्मान-Goodnews24

झापा- जिल्ला प्रहरी कार्यालय झापाले ६५औँ प्रहरी दिवसको अवसरमा उत्कृष्ट प्रहरी, शहीद प्रहरीका परिवार र एसइईमा उत्कृष्ट अङ्क ल्याउने प्रहरीका सन्ततीलाई आज सम्मान गरेको छ । कार्यालयले उत्कृष्ट कर्मचारी प्रहरी नायब निरीक्षक उदय शम्शेर राना सहित आठ जनालाई नगदले सम्मान गरेको हो । सो अवसरमा गौरादह नगरपालिका–७ मा प्रहरी चौकी स्थापनाका लागि निःशुल्क जग्गा प्रदान गर्ने पाँच जना दातालाई पनि सम्मान गरेको छ ।

प्रदेश प्रहरी कार्यालय विराटनगरले स्थापना गरेको प्रहरी सन्तती जेहेन्दार पुरस्कारबाट झापा गाउँपालिका स्थित कमुरखोद इलाका प्रहरी कार्यालयका प्रमुख हरिबहादुर थापाकी छोरी दुर्गा थापा र पूर्वप्रहरी हवल्दार जीवन ढकालका छोरा सुरज ढकाललाई नगद रु १० हजारका दरले सम्मान गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक कृष्णप्रसाद कोइरालाले बताउनुभयो । सो अवसरमा ४५ जना अमर प्रहरी परिवारका सदस्यलाई समेत सम्मान गरिएको छ । उनीहरु सबैलाई प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाले सम्मान गर्नुभएको थियो ।

यो पनि पढ्नुहोस् ..
[irp posts=”3415″] [irp posts=”3558″]

[irp posts=”3605″]

[irp posts=”6152″]

[irp posts=”6192″] [irp posts=”6588″]

यसमा तपाईको मत कमेन्ट गर्नुहोस्
Loading...

Check Also

आजदेखि खोप प्रदेशमा पठाइँदै-Goodnews24

काठमाडौँ, १० माघ – कोभिड–१९ विरुद्धको खोप ‘कोभिशिल्ड’ आजदेखि सातवटै प्रदेशमा पठाउन थालिएको छ । …

Powered by Youth Circle