मुख्य समाचारसमाचार

के हो हट स्टोन मसाज ? शरीरलाई कसरी पुर्याउँछ फाइदा ?

Gobal IME Bank

एजेन्सी । हट स्टोन मसाज प्राकृतिक चिकित्साको एउटा महत्त्वपूर्ण विधा हो। यसमा विशेषगरी ढुंगाको प्रयोग गरी शरीरमा मसाज गरिन्छ। शुरुमा तेलले मसाज गरिसकेपछि मनतातो ढुंगाले शरीरलाई तातो दिने कार्य गरिन्छ।

मसाज गर्ने ढुंगा तातोले नफुट्ने र चिल्लो खालको हुनुपर्छ। पहिले हट स्टोन मसाज स्पामा मात्र गर्ने गरिन्थ्यो तर पछिल्लो समय भने धेरै आयुर्वेदिक अस्पतालहरूमा पनि यो मसाज गरिन्छ।

हट स्टोन मसाज जाडोयाममा बढी लाभदायी मानिन्छ। प्राकृतिक पद्धतिबाट यो मसाज गर्ने हुनाले यसले शरीरलाई फूर्तिलो राख्न मद्दत गर्छ।

हट स्टोन मसाजका फाइदा

यो मसाजले शरीर स्फूर्त राख्न, मांसपेशीहरु खुकुलो बनाउन,शरीरमा ब्लड सर्कुलेसनलाई सन्तुलित राख्न मद्दत गर्छ । यसले थकान कम गर्ने, अनिद्रा हटाउने, मष्तिष्क र शरीर दुवै तनाव मुक्त बनाउने काम गर्छ।

के का लागि लाभदायी

जाडोयाममा हट स्टोन मसाज गर्नु राम्रो मान्निछ। चिसो धेरै लाग्ने, बाथका रोगी ,हाडजोर्नीमा समस्या हुने, जोर्नी दुखिरहने, ट्रेकिङ गरिरहने वा पिनासको समस्या भएका व्यक्तिले नियमित हट स्टोन मसाज गर्दा लाभदायी हुन्छ। मसल टाइट छ भने पनि यसले खुकुलो बनाएर सजिलो बनाउछ।

यसका साथै हटस्टोन मसाज गर्नका लागि बिरामी नै हुनुपर्छ भन्ने छैन। जाडोयाममा स्वस्थ व्यक्तिले पनि महिनामा एकपटक हट स्टोन मसाज गर्दा शरीरमा स्फूर्ति बढ्छ।

हट स्टोन मसाज गर्भवती महिला, उच्च रक्तचाप भएका मानिसहरु र कुनै पनि दिर्घ रोग लागेका मानिस जसले दैनिक औषधि सेवन गरिरहेका हुन्छन् यी व्यक्तिहरुलाई मसाज नगर्न चिकित्सकको सल्लाह छ ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button