समाचार

७२ घण्टाका लागि सबै सिमा नाका बन्द -GoodNews24

Gobal IME Bank

वैशाख ३० काठमाडौं । स्थानीय तहको निर्वाचनका लागि आजदेखि भारतसँग जोडिएका सीमा नाका बन्द हुने भएका छन् ।

बाँके, बर्दिया, मोरङ, सुनसरी, झापा, सप्तरीलगायत भारतसँग जोडिएको सीमा नाका आज रातिदेखि बन्द हुनेछन । सीमा जोडिएका जिल्लाका जिल्ला प्रशासन कार्यालयहरुले सूचना जारी गर्दै आजदेखि ७२ घण्टाका लागि नाका बन्द गर्ने जनाएका छन ।

निर्वाचनको बेलामा खुल्ला सिमाका कारण निर्वाचनलाई आइपर्नसक्ने चुनौतीहरुलाई मध्य नजर गर्दै ७२ घण्टा मौन अवधी भरी नाका बन्द गर्न लागिएको हो ।

यस अगि पनि आ आफ्ना चुनावका बेला दुवै देशहरुले निश्चित समयका लागि सिमानाका बन्द गरिएको हुन्छ ।

देशको आन्तरिक निर्वाचनलाई सुरक्षित बनाउन, मदिराजन्य बस्तुहरु तथा अन्य बस्तुहरु आयात निर्यातमा पनि प्रतिबन्ध लगाइएको छ ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button