समाचार

हनुमान ढोकामा इन्द्रजात्राको लिङ्गो ठड्याइयो – Good News 24

Gobal IME Bank

काठमाडौं । आजबाट विधिवत रुपमा इन्द्रजात्रा शुरु भएको छ । बुधवार बिहान हनुमानढोकामा बिहान ७ः१७ मिनेटको शुभ साईतमा इन्द्रजात्राको लिङगो ठडयाइएर इन्द्रजात्राको शुभारम्भ गरिएको हो ।

हनुमानढोकामा रहेको लिंगो ठडयाएपछि इन्द्रजात्रा विधिवत शुरु हुने परम्परा छ । इन्द्रजात्राको शुभारम्भ कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उडडयनमन्त्री जीवनराम श्रेष्ठ र काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगाल उपस्थित रहनुभएको थियो । इन्द्रजात्रालाई नेपाल भाषामा ‘यें यास’ भनिन्छ । यें भनेको कान्तिपुर नगर र यास भनेको मुख्य जात्रा हो ।

इन्द्रजात्राका बेला इन्द्रजात्रा सम्बन्धी सबै देवीदेवता पनि सार्वजनिक प्रदर्शनका लागि बाहिर ल्याउने चलन छ । इन्द्रजात्रा काठमाडौंसहित ललितपुर, भक्तपुर, धुलिखेल, दोलखा लगायतका स्थानमा वर्षा र सहकालका देवता इन्द्रको पूजा,आराधना गरी परम्परागत रूपमा नेवारहरूले मनाउने जात्रा हो । यसलाई येँया पुन्हि पनि भनिन्छ । इन्द्रजात्रा काठमाडौंमा मनाइने विविध जात्रामध्येको एउटा रमाइलो महत्वपूर्ण जात्रा हो ।

इन्त्रजात्राको प्रमुख कार्य नै लिङगो (ध्वजा) स्थापना हो । १२ औँ देखि १८ औँ शताब्दीमा निर्मित थुप्रै मठ मन्दिरले सजिएको हनुमानढोका दरबार क्षेत्र यो जात्राको उदगम स्थल हो । भाद्र शुक्लपक्ष यँलाथ्व द्वादशीका दिन इन्द्रध्वजोत्थानबाट शुरू भई यँलागाः चौथी अर्थात इन्द्रध्वज पतनसम्म आठ दिन विभिन्न नाच, गान, रथयात्रा गरी यो जात्रा सम्पन्न गरिन्छ । इन्द्रजात्रा र लिङगो ९ध्वजा० ठडयाउने प्रचलनको सम्बन्धमा वाल्मीकि रामायण, महाभारत, हरिवंश पुराण, कालिका पुराण, देवीपुराण, विष्णु धर्मोत्तर पुराण, वृहत्संहिता र भविष्य पुराणमा विस्तृत वर्णन पाइन्छ ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button