मुख्य समाचारसमाचार

जनताको अभिमतको सम्मान गरिनुपर्छ: अध्यक्ष ओली

Gobal IME Bank
file photo

गौरादह । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जनताको अभिमतको सम्मान गर्नु प्रत्येक जनप्रतिनिधिको जिम्मेवारी रहेको बताउनुभएको छ ।

प्रतिनिधिसभा सदस्यमा झापा–५ बाट विजयी भएपछि गौरीगञ्जमा आज आयोजित र्यालीलाई सम्बोधन गर्दै उहाँले नागरिकको जीवनस्तर उकास्नका लागि सबै प्रतिबद्ध भएर लाग्नुपर्ने बताउनुभयो ।

उहाँले मुलुकको समग्र विकासका लागि एमालेकै नेतृत्वमा सरकार आवश्यक रहेको बताउनुभयो । अपेक्षाकृत मत एमालेले प्राप्त गर्न नसकेको उहाँको भनाइ थियो । अध्यक्ष ओलीले निर्वाचनको निष्पक्षतामा प्रश्न गर्नुभयो । उहाँले प्रत्यक्षतर्फ एमालेले केही सिट गुमाएपनि समानुपातिकतर्फ पहिलो पार्टी हुने दाबी गर्नुभयो ।

क्षेत्र नंं ५ मा पर्ने कमल गाउँपालिकाको वडा नं ५ को वसन्त चोकदेखि सुरु भएको विजयी र्यालीमा सहभागी हुँदै उहाँ सिमावर्ती गौरीगञ्ज सम्म पुग्नु भएको हो ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button