मनोरञ्जनमुख्य समाचारसमाचार

साहित्यकार झमक घिमिरेको रचना ‘सुने मैले’ आउँदै

Gobal IME Bank

काठमाडौं । साहित्यकार झमक घिमिरेको रचना रहेको गीत ‘सुने मैले’ आउने भएको छ । रजनी ऋदम राईको स्वर र जीवन शर्माको सङ्गीत रहेको गीत अब श्रोता र दर्शकमाझ आउने भएको हो ।

साहित्यकार घिमिरेले सामाजिक सञ्जालमा लेख्नुभएको छ, ‘मैले त्यसै कलम समातेकी होइन, सामाजिक, साँस्कृतिक चेतनामाथि उभिएको विकृतिको पर्खाललाई अलिकति भए पनि हल्लाउनु हो ! यौटी उमेरमै विधुवा भएकी नारीको परिस्थितिलाई मेरो आँखाले कसरी देख्यो र कलमले कसरी लेख्यो ? सुन्न प्रतीक्षा गर्नुहोस् छिटै यसै सामाजिक सञ्जालमार्फत सार्वजनिक हुनेछ ! मेरो रचनामा नारी स्वर दिनुहुने रजनी ॠदम राई र पुरुष स्वर दिनु हुने अजनीश राई, सङ्गीत भर्नु हुने जीवन शर्माप्रति विशेष आभारसहित हार्दिक धन्यवाद ।’

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button