गुड न्यूज 24मुख्य समाचारसमाचार

फरक सोच, विचारको सम्मान गरौं- साहित्यकार झमक कुमारी घिमिरे

Gobal IME Bank

काठमाडौं । नेपाली साहित्यकार झमक कुमारी घिमिरेले फरक सोच र विचारको सम्मान गर्नुपर्ने बताउनुभएको छ । नेपाली साहित्य क्षेत्रमा ठुलो योगदान दिनुभएकी साहित्यकार झमक कुमारी घिमिरेले वर्तमान समयमा संसारको परिदृश्यलाई प्रेमको खाँचो भएको बताउनुभएको हो ।

संसारमा भईरहेको युद्ध र यसको भयावह दृश्यलाई पनि साहित्यकार घिमिरेले प्रस्ट्याउनुभएको छ । उहाँ भन्नुहुन्छ, ‘आज संसारमा हेरौं युद्ध कति भयावह र कति त्रासपूर्ण छरुमानव नरसंहार कति विरक्त लाग्दो छ ।’ संसारको यो अवस्थालाई देखाउँदै साहित्यकार घिमिरे भन्नुहुन्छ, ‘संसारलाई घृणा होइन ,प्रेम चाहिएको छ करुणा चाहिएको छ शान्ति चाहिएको छ ।’

साहित्यकार झमक कुमारी घिमिरेले लेख्नुभएको छ

तिम्रो र मेरो सोच्ने तरिका फरक-फरक छ, सोचाइ फरक-फरक छ, विचार पनि फरक-फरक छ तर पनि मानव हुनुको कारण म तिमीलाई घृणा गर्न सक्दिनँ, असाध्यै प्रेम गर्छु किनभने संसारलाई घृणा होइन, प्रेम चाहिएको छ करुणा चाहिएको छ शान्ति चाहिएको छ ! आज संसारमा हेरौं युद्ध कति भयावह र कति त्रासपूर्ण छ ? मानव नरसंहार कति विरक्त लाग्दो छ ! त्यसैले फरक सोच, विचारको सम्मान गरौं !

साहित्यकार झमक कुमारी घिमिरेले नेपाली साहित्य क्षेत्रलाई जीवन काँडा कि फुल जस्तो अदभुत कृति दिनुभएको छ । जीवन काँडा कि फुल ले उहाँलाई मदन पुरस्कार समेत दिलाएको छ ।

त्यस्तै उहाँलाई जीवन काँडा कि फुल कै लागि पद्मश्री साहित्य पुरस्कारद्वारा पनि सम्मानित गरिसकेको छ ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button