गुड न्यूज 24मनोरञ्जन

यात्रा गर्दा ध्यान दिनुपर्ने पर्ने कुराहरु पढ्नुहाेस् – GoodNews24

Gobal IME Bank

मानिसको जीवन नै एक यात्रा हो । यात्रा हाम्रो जीवनकाे एउटा महत्वपूर्ण पाटो हो ,सुख कम दुख बढि भएको हाम्रो जिन्दगीलाई कुनै विशेष ठाउँको यात्राले अलिकति रमाइलो र लोभलाग्दो बनाउन सक्छ । यात्रा तय गरिँदैन, जारी गरिन्छ । जीवनरुपी यात्रा विना तालिका र तयारी कुद्छ । यात्रा लेखिएजस्तो, देखिएजस्तो हुँदैन तर यात्रा गर्दा केहि तयारी गरियो भने अवश्य यसलाई रोमाञ्चक र अविस्मरणिय बनाउन सकिन्छ । लामो दुरीको या छोटो दुरीको काम विशेषले या घुम्नको लागि कुनै न कुनै रुपमा हामी यात्रा गरि रहेका हुन्छौ। यात्रा गर्दा आइ पर्ने समस्या र झन्झटहरुले प्राय यात्रा नै खल्लो बनाइ दिन्छ ।  त्यसैले तपाइको पनि यात्रा खराव नहोस र साँच्चै यात्रा यादगार बनाउनको लागि यी कुराहरुमा अवश्य ध्यान दिनुहोस ।

– आफुलाई यात्रामा चाहिने सम्पूर्ण सामाग्रीहरु प्याक गर्नुहोस ।
यात्रा गर्दा आवश्यक पर्न सक्ने कपडाहरु ,मोबाइल चार्जर हेड फोन, टुथ पेस्ट ब्रस र अन्य दैनिक प्रयोगका सामानहरु चाहिने मात्रामा प्याकिङ्ग गर्नुहोस । सामान प्याकिङ्ग गर्न आफुलाई चाहिने साइजको झोला व्यवस्था गर्नुहोस ।

– आफु बस्ने भरपर्दाे होटेललाइ सम्पर्क गर्नुहोस ।
यात्राको महत्वपूर्ण कुरा हो खाने बस्ने ठाउँ । यदि तपाई केहि दिनको यात्रामा निस्किनु भएको छ भने यात्राको लागि निस्किनु अघि नै आफु बस्ने सफा शान्त होटल तय गर्नुहोस । गन्तब्य स्थान पुगे पछि मात्र होटेल खोज्दा झन्झट त हुन्छ नै साथै होटेल रुम बुक भइसक्ने या होटेल नै नभेटिने समस्याबाट बच्न सकिन्छ साथै पहिले नै खाने बस्ने ब्यबस्था भइसकेको भए तपाईलाई ढुक्क पनि हुन्छ ।

– आफुलाई चाहिने नगद पैसाको प्रबन्ध गर्नुहोस ।
यात्रा गर्दा के हुन्छ र के हुन सक्छ यस कुराको अन्दाज लगाउन मुस्किल हुन्छ । यात्रामा आवश्यक पर्ने नगद रकम साथमा राख्नु बुद्धिमानी हुन्छ ।आफु संग ATM छ भनेर ढुक्क हुनु हुदैन तपाइँ पुग्नु भएको ठाउँमा ATM सेवा नहुन सक्छ या त अन्य कुनै सम्भावित समस्या देखिन सक्छ । त्यसैले यसको लागि पहिले नै पुर्व तयारी गर्नु उचित हुन्छ ।

– पहिलो दिनको योजना बनाउनुहोस् ।
तपाईंको यात्राको पहिलो दिन अपरिचित वातावरणमा बित्ने भएकाले के गर्ने के नगर्ने बारे दुविधा हुन सक्छ । पहिलो दिन तपाइँ कहाँ जाने के गर्ने त्यो दिनमा कुन कुन घुम्न लायक ठाउँहरु घुम्न भ्याउनु हुन्छ यस बारे निश्चित गर्नुहोस । पहिले तपाईंले आफुलाई र आफ्नो सामानहरू सुरक्षित ठाउँमा राख्ने र त्यसपछि तपाईं ठ्याक्कै तपाईं कहाँ हुनुहुन्छ र कुन आकर्षणको केन्द्र नजिकको छ , तपाईंको सीमित समय कसरी प्रयोग गर्ने भन्ने बारे योजना बनाउनु बुद्धिमानी हुन्छ ।

– अन्तिम दिनको योजना गर्नुहोस् ।
अन्तिम दिन तपाइको लागि समय व्यवस्थापन गर्न अलि गाह्रो हुन सक्छ । यो दिनमा तपाइले हेर्न छुटाएका ,बाकि रहेका ठाउँ छन् भने त्यसको लागि पहिले नै समय तय गर्नुहोस । आफ्नो सामानहरु सुरक्षित भए नभएको याद राख्नुहोस । यात्रा भरि आफुले तिर्नु पर्ने सेवा शुल्कहरु आदिको ख्याल राख्नुहोस । अन्तिम दिन आफु फर्किने गाडि त्यहाँ बाट चिनोको रुपमा लिनु पर्ने केहि चिज भए यी सबै बारे नोट लेखि राख्नुहोस ताकि तपाइको यात्रा सहज होस् र कुनै कुरा छुट्ने अवस्था नहोस ।

– मौसम जाँच गर्नुहोस् ।
मौसम तपाईको यात्रालाई सकारात्मक वा नकरात्मक रूपमा प्रभाव पार्ने सम्भावित कारक तत्व हो । तपाइँ कुन मौसममा यात्रा गर्दै हुनुहुन्छ ,यात्रामा निस्किसके पछि पानी या हावा हुरी चल्ने सम्भावना छ छैन यात्रा भरि दिन कस्ता हुनेछन् यी कुराको अग्रिम जानकारी लिनुहोस् । यी कुराहरुको जानकारीको लागि तपाइँ मौसम सम्बन्धि समाचार या त गुगलबाट जानकारी लिन सक्नुहुन्छ । तपाइँ बसेको ठाउँ र तपाई जान लाग्नु भएको ठाउँको मौसम फरक हुन सक्छ यस बारे पहिले नै सचेत हुनुहोस र त्यहीअनुसार, लुगाकपडा र जुत्ता लैजानुहोस् ।

– गन्तव्यमा तपाइले गर्न सक्ने रोमाञ्चक गतिविधिहरुको लिस्ट बनाउनुहोस ।
कुनै पनि ठाउँ यात्रा गर्दा त्यहाँ आफुले कुन कुन गतिविधि मार्फत मनोरंजन लिन सकिन्छ यस बारे पुर्व ज्ञानराख्नु जरुरी हुन्छ । यसो गर्दा ति गतिविधिको लागि पुर्व तयारी गरेर जान सकिन्छ । यात्रा सकी सके पछि कुनै बिशेस गतिविधि पुर्व तयारी नभएका कारण छोड्नु पर्ने अवस्था पनि हुन्न ।

– पब्लिक ट्रान्जिट म्याप जाँच गर्नुहोस्।
यदि तपाइँ विदेशको भ्रमण गर्दै हुनुहुन्छ भने हुन सक्ने ट्रान्जिट बारे जानकारी राख्नु एकदम जरुरी हुन्छ । यदि ट्रान्जिट अवधि लामो छ भने त्यो अवधि भरि तपाइँ के गर्न सक्नुहुन्छ यस बारे अगाडि नै सोच्नुहोस नत्र भने एक्कासी ट्रान्जिट परेको थाहा पाउँदा त्यो अवधि तपाइलाइ निकै बोरिङ्ग हुन सक्छ ।

– स्थानीय मनोरंजनका सूची बनाउनुहोस ।
तपाइँ जुन ठाउँमा भ्रमणको लागि जानु भएको छ ।  त्यो ठाउँमा स्थानीय मनोरंजनको लागि तपाइँ के गर्न सक्नुहुन्छ यस बारे ज्ञान हासिल गर्नुहोस । तपाइको ठाउँमा नहुने कुनै अनौठो गतिविधि रितिरिवाज या त खाने कुराहरु हुन सक्छन जुन तपाई आफ्नो ठाउँमा प्राप्त गर्न सक्नुहुन्न । आफु जाने ठाउँमा बिशेष कुरा के हुन सक्छ यसको ख्याल गर्नुले यात्रा सफल बनाउन र भरपुर मनोरंजन लिनमा सहयोग पुग्दछ ।

 

गुड न्यूज 24
www.gudnews24.com
GoodNews Media

यो पनि पढ्नुहोस् ..

[irp posts=”2714″]

[irp posts=”3415″]

[irp posts=”3558″]

[irp posts=”4224″]

[irp posts=”3875″]

[irp posts=”3930″]

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button