मुख्य समाचारसमाचार

कृषि अर्थतन्त्रको विकासमा ज्यापु समुदायको भूमिका महत्वपूर्ण: प्रधानमन्त्री देउवा

Gobal IME Bank

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले मेहनती र इमान्दार समुदायका रूपमा परिचित ज्यापु समुदाय नेपाली समाज र संस्कृतिको अभिन्न अङ्ग रहेको बताउनुभएको छ ।

उन्नाइसौँ राष्ट्रिय ज्यापु दिवस, २०७९ का अवसरमा ज्यापु संस्कृति विकास कोषले आज वसन्तपुर डबलीमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले काठमाडौँ उपत्यकाको कला, संस्कृति र सभ्यताको विकासमा ज्यापू समुदायको उल्लेख्य योगदान रहेको बताउनुभयो । “ज्यापु समुदायका जात्रा पर्व, सांस्कृतिक गतिविधि र कला कौशल नेपालका अमूल्य निधि हुन्, ज्यापु समुदायका धार्मिक, सांस्कृतिक परम्परा, कलाकृति, सीप र रहनसहनको संरक्षण गर्नु हाम्रो साझा दायित्व हो”, उहाँले भन्नुभयो, “यस्ता महत्वपूर्ण संस्कृति र सभ्यतालाई संरक्षण गरी जीवन्त राख्नु र विलीन हुनबाट जोगाउनु हामी सबैको कर्तव्य हो ।”

ज्यापु समाजले नेवार समुदायभित्र आफ्नो मौलिक कला, संस्कृति र सीपका कारण विशिष्ट स्थान बनाएको उल्लेख गर्दै प्रधानमन्त्री देउवाले कृषि अर्थतन्त्रको विकासमा पनि ज्यापु समुदायको महत्वपूर्ण भूमिका रहँदै आएको स्मरण गर्नुभयो । नेपालका विभिन्न समुदायमध्ये ज्यापु समुदाय आफ्नै मौलिक र विशिष्ट परम्परा, भाषा, संस्कृति र पहिचान बोकेका समुदायका रूपमा रहेको उहाँको भनाइ छ ।

“राष्ट्रिय ज्यापु दिवसका माध्यमबाट मुलुकको आर्थिक तथा सामाजिक विकासमा ज्यापु समुदायले पु¥याउँदै आएको योगदानलाई सबैसमक्ष उजागर गर्न, उनीहरूको संस्कृति, परम्परा र रहनसहनलाई संरक्षण र प्रवद्र्धन गर्न मद्दत पुग्ने विश्वास लिएको छु”, उहाँले भन्नुभयो । दिवसले काठमाडौँ उपत्यकाभित्र र बाहिर रहेका ज्यापु समुदाय तथा विभिन्न धर्म, संस्कृति, समुदाय र क्षेत्रसँग आबद्ध नागरिकबीच आपसी एकता, मेलमिलाप, सद्भाव र सहिष्णुता सुदृढ बनाउन पनि सहयोग पुग्ने प्रधानमन्त्री देउवाले विश्वास व्यक्त गर्नुभयो ।

काठमाडौँ उपत्यकाभित्रका ज्यापु समुदायले न्यूनतम आर्थिक, भौतिक सुविधाका बीचमा पनि आफ्नो मौलिक परम्परागत संस्कृतिलाई जीवन्त राख्न गर्दै आएको प्रयास सरहानीय रहेको उल्लेख गर्दै प्रधानमन्त्री देउवाले नेपाल सरकारले ज्यापु समुदायको संस्कृति र परम्पराको संरक्षणका लागि ज्यापु संस्कृति विकास कोष स्थापना गर्न सहयोग गरेको बताउनभयो । सो कोषबाट प्रत्येक वर्ष राष्ट्रिय ज्यापु दिवस मनाउनेलगायतका ज्यापु समुदायको संस्कृति र सभ्यतालाई संरक्षण तथा प्रवद्र्धन गर्ने दिशामा विभिन्न प्रशंसनीय कार्यक्रम सञ्चालन हुँदै आएका छन् ।

सीमित साधन, स्रोतका बाबजुद कोषले ज्यापु संस्कृतिको संरक्षण र संवद्र्धनका लागि निर्वाह गर्दै आएको भूमिकाको उहाँले प्रशंसा गर्नुभयो । आगामी दिनमा ज्यापु समुदायको संस्कृति र सभ्यताको संरक्षण तथा प्रवद्र्धनका लागि आवश्यक सहयोग गर्न सरकार सकरात्मक रहेको उहाँको भनाइ छ । प्रधानमन्त्री देउवाले यस दिवसले नयाँ जोश र उत्साहका साथ ज्यापु समुदायलाई मुलुकको विकास र समृद्धिको यात्रामा अन्य समुदायसँग सहकार्य गर्दै अघि बढ्न तथा मुलुकमा राष्ट्रिय एकताको भावनालाई थप सुदृढ तुल्याउन सबैलाई प्रेरणा प्रदान गरोस् भनी कामनासमेत गर्नुभयो ।

संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री जीवनराम श्रेष्ठले नेपालको कला, संस्कृतिको विकास, सम्पदाको संरक्षणका लागि सरकारले अगाडि बढाएको कामलाई जनस्तरबाट सहयोग गर्नुपर्ने बताउनुभयो । उपत्यकाको संस्कृति र सम्पदाको संरक्षण तथा यहाँको सभ्यतालाई विश्वमाझ चिनाउने विषयलाई सँगसँगै अगाडि बढाइनुपर्ने बताउनुभयो ।

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पुर्खाले स्थापित गरेका मौलिक संस्कृतिलाई जोगाउन सबैले ध्यान दिनुपर्ने बताउनुभयो । नेपाल भाषा, कला र संस्कृतिको संरक्षण गर्दै यसलाई जीवन्त बनाउन जनप्रतिनिधिका रुपमा आफूले निरन्तर काम गर्ने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभयो । काठमाडौँ महानगरपालिकाका उपप्रमुख सुनिता डङ्गोलले स्थानीय कला, संस्कृतिको संरक्षणमा महानगरले सहयोग गर्दै आएको बताउनुभयो ।

ज्यापु दिवस समारोहका संयोजक पञ्चनारायण महर्जनले राज्यस्तरबाट संस्कृतिको संरक्षण र संवद्र्धन हुनुपर्ने बताउनुभयो । युवाका अधिक सहभागितामा पुस्तान्तरण भएका यी कला, संस्कृति पछिल्ला समय अन्तर्राष्ट्रियस्तरमा पनि व्यापक बन्दै गएको उहाँको भनाइ छ । कोषका अध्यक्ष मङ्गलकृष्ण महर्जनले परम्परागत मौलिक पर्वलाई नेवार समुदायले अक्ष्युण राख्दै आएको बताउनुभयो ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button