अन्यसमाचार

यमपञ्चकको पहिलो दिन काग तिहार : कागको महत्व यस्तो !

Gobal IME Bank

काठमाडौं । यमपञ्चकको पहिलो दिन हो काग तिहार । कार्तिक कृष्ण त्रयोदशी देखि कार्तिक शुक्ल द्धितीयासम्मको दिनलाई यमपञ्चक भनिन्छ । कार्तिक कृष्ण त्रयोदशीको दिन मनाईने पर्व हो काग तिहार । काग तिहारको दिन कागको विशेष विधिद्वारा पुजा गरिन्छ ।

‘काकेन दधि भक्षितम्’ अर्थात् कागलाई दही भात मीठो लाग्ने भएकाले आजको दिन कागलाई दही भात खुवाएमा यमराजसमक्ष राम्रो सन्देश लगिदिने भएकाले कागलाई दही भात खुवाउने प्रचलन रहिआएको छ । यस अवसरमा कागेश्वरी मनोहरा नगरपालिका वडा नं १ स्थित कागेश्वरी महादेव मन्दिरमा आज विशेष पूजा आराधना हुने गर्छ । यसैगरी हनुमानढोकास्थित कागेश्वरी मन्दिरमा पनि कागको विशेष पूजा आराधना गरिन्छ ।

कागको महत्व किन ?

काग अत्यन्तै चतुर र चलाख पन्छीको रुपमा चिनिन्छ । यसलाई सर्वभक्षी पन्छीको रुपमा चिनिन्छ । किनभने यसले सबै खालका वस्तुहरु भोजन गर्न सक्छ । कागले यस पृथ्वीमा भएका कतिपय विषालु कुराहरु पनि ग्रहण गर्न सक्छ । तशर्थ वायुमण्डललाई स्वच्छ बनाउन पनि कागको महत्वपूर्ण भुमिका हुन्छ । कागलाई यमराजको सन्देश वाहक पन्छीको रुपमा पनि लिईन्छ । कागलाई यमराजको प्रिय भक्तको रुपमा पनि चिनिन्छ । यसैकारण नेपाली समाजमा परापूर्वकालदेखि काग तिहारमा कागको पुजा गरिन्छ । हरियो पात, दुना, टपरीमा मिठा मिठा खानेकुराहरु दिईन्छ ।

काग तिहारको दिन पर्ने अर्को विशेष पर्व हो धनवन्तरी जयन्ती । धनवन्तरीलाई हामी आर्युवेदको प्रणेता भनेर पनि चिन्छौं ।

काग तिहारको दिन दीप प्रज्वलन गरिन्छ । यस दिन साँझपख मुलद्वारमा विशेष गरेर यमराजको लागि दीप दान गर्ने चलन छ । मृत्युदेव यमराजलाई प्रशन्न पार्नको लागि हामी काग तिहारको दिन दिपावली र दिप प्रज्वलन गर्दछौं ।

तेलका वा घिउका कपासबाट बनाईएका बत्तिहरुबाट दिप प्रज्वलन गरिन्छ । जसका कारणले गर्दा अकालमा मृत्यु हुँदैन् भन्ने विश्वास पनि रहि आएको छ । यमराजले पृथ्वीमा हुने जन्म र मृत्युको विवरण राख्नुपर्ने हुन्थ्यो र सो को बारेमा जानकारी भने कागले दिने गथ्र्यो भन्ने पनि धार्मिक मान्यता रहेको छ ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button