समाचार

अध्यक्ष थापा अस्पतालबाट घर फिर्ता-GoodNews24

Gobal IME Bank

काठमाडौँ, ९ कात्तिक । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा आज चाबहिलस्थित ॐ अस्पतालबाट डिस्चार्ज हुनुभएको छ ।

कोरोना संक्रमण पुष्टि भएपछि गत असोज ३० गते अस्पताल भर्ना हुनुभएका थापाको स्वास्थ्यमा उल्लेख सुधार भएपछि उहाँ आज घर फर्कनुभएको हो ।
गत असोज ३० गते स्वास्थ्यमा समस्या देखिएपछि परीक्षण गर्दा उहाँमा कोरोना पोजिटिभ देखिएको थियो । उहाँलाई टाउको दुख्ने, ज्वरो आउने र श्वासप्रश्वासमा केही असहज महसुस भएपछि सो अस्पतालको सघन उपचार कक्षमा राखेर उपचार गरिएको थियो ।
डिस्चार्जपछि थापाले उपचारमा संलग्न चिकित्सक, नर्ससहित सबै स्वास्थ्यकर्मी, अस्पताल सञ्चालक र व्यवस्थापन समिति, कर्मचारी तथा आफ्नो स्वास्थ्यप्रति चिन्ता लिई स्नेह, सद्भाव र शुभकामना दिने सबैमा कृतज्ञता प्रकट गर्दै धन्यवाद व्यक्त गरेको राप्रपा केन्द्रीय सचिवालय सदस्य राजाराम बर्तौलाले जानकारी दिनुभयो ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button