गुड न्यूज 24मुख्य समाचारशिक्षा स्वास्थसमाचार

नेपालकै कान्छा हेडसर: २१ वर्षका सरोज श्रेष्ठ, जसले मस्तिष्कमा आउने काल्पनिक हेडसरको चित्र बदलिदिए

Gobal IME Bank

काठमाडौं । विश्व रेकर्ड बनाउने दौडमा मानिसहरु अनेक कर्तवहरु गर्ने गर्छन् । कोही सबैभन्दा बढि समय अन्तर्वाता लिएर विश्व रेकर्ड राख्छन् त कोही सबैभन्दा धेरै पिरो खुर्सानी खाएर विश्व रेकर्ड राख्छन् ।

जे होस् तर नेपालको पाँचथरमा भने नेपालकै कान्छा हेडसरको उपनामले केही दिनदेखी एकजना युवा निकै चर्चामा हुनुहुन्छ । नेपालका कयौ नामिक पत्रपत्रिकाहरु, रेडियो र टेलिभिजनले त उहाँको बारेमा सायदै लेखे , तर सामाजिक सञ्जालहरु भने तताएकै थियो ।

विश्व रकर्ड त राख्नुभएको छैन् तर नेपाली शिक्षा क्षेत्रमा भने एक किसिमको छाल उत्पन्न गराउनुभयो ।

सरोज श्रेष्ठ, उमेर जम्मा २१ वर्षको हुनुभएको उहाँ यतिबेला नेपालकै कान्छा हेडसरको उपनामले चर्चित हुनुहुन्छ । सामान्यतया, विद्यालयको प्रधानाध्यापक भनेपछि हाम्रो मस्तिष्कमा ४० देखी ५०/५५ को मानिसको चित्र बन्दछ । तर जम्मा २१ वर्ष पुग्नुभएको सरोज श्रेष्ठले हाम्रो मस्तिष्कले बनाउने काल्पनिक चित्रलाई दखल पुर्याएर नयाँ चित्र कोर्न बाध्य नै पार्नुभएको छ ।

उहाँको स्थायी ठेगाना फाल्गुनन्द १, नवमीडाँडा, पाँचथर हो ।

उहाँ हाल प्रधानाध्यापकको रुपमा श्री बालविकास आधारभूत विद्यालयमा कार्यरत हुनुहुन्छ । विस. २०७८ कार्तिकमा करारमा नियुक्त भएर पढाउन थाल्नुभएको उहाँ हालै ३ महिना अघि मात्र प्रधानाध्यापक नियुक्त हुनुभएको हो ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button