समाचार

कर्णाली दिगो विकास लक्ष्यको तथ्याङ्क सार्वजनिक-GoodNews24

Gobal IME Bank

कर्णाली प्रदेशको दिगो विकास लक्ष्यको आधार तथ्याङ्क प्रतिवेदन सार्वजनिक गरिएको छ । मुख्यमन्त्री महेन्द्रबहादुर शाही, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्राडा पुष्पराज कडेँल र संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम नेपालका आवासीय प्रतिनिधि आयसानी लाबेले संयुक्तरुपमा भर्चुअल कार्यक्रममार्फत सार्वजनिक गर्नुभएको हो ।

भर्चुअल कार्यक्रममा मुख्यमन्त्री शाहीले कर्णालीको समस्या तथ्याङ्कमा रहेको र त्यसअनुसार पूर्वाधार, उर्जा, बस्ती विकास, सिँचाइ, खानेपानीमा प्रदेश सरकार केन्द्रीत हुनुपरेको बताउनुभयो । कोभिड–१९ का कारण हाल स्वास्थ्यमा केन्द्रित भएको र आउँदा दिनमा शिक्षा, स्वास्थ्य, रोजगारी र त्यसका लागि पूर्वाधारमा केन्द्रीत हुने उहाँको भनाइ थियो ।

कार्यक्रममा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष कडेँलले दिगो विकास तथ्याङ्क सार्वजनिक गर्ने कर्णाली तेस्रो प्रदेश भएको बताउँदै यस्तो कार्य स्थानीय तहमा पनि गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले कर्णालीको यो प्रतिवेदनले कुन पक्षलाई जोड दिनुपर्नेछ भन्ने कुरा स्पष्ट पारेको बताउनुभयो ।

कर्णाली विशेषको सन्दर्भ, मापनको आधार र दिगो विकास लक्ष्यका विशेषता प्रतिवेदनमा समेटिएका प्रदेश योजना आयोगका उपाध्यक्ष प्राडा पुण्यप्रसाद रेग्मीले जानकारी दिनुभयो । उपाध्यक्ष रेग्मीका अनुसार प्रतिवेदनमा कर्णालीमा दिगो विकासका लक्ष्य सुूचाङ्कको आधार, तथ्याङ्क अवस्था, तथ्याङ्कको उपलब्धता, कार्यान्वयन र नीतिगत दिशा सम्बन्धी विषय रहेका छन् ।

त्यस्तै प्रदेश योजना आयोगका सदस्य डा दिपेन्द्र रोकायाले दिगो विकास लक्ष्यको आन्तरिकरण र स्थानीयकरण गर्ने प्रदेश योजना आयोगको योजना रहेको बताउनुभयो । उहाँका अनुसार प्रतिवेदनमा पहिचान, संयन्त्र लगानी र संस्था कस्ता छन् भन्नेबारे अध्ययन गरिएको छ । युएनडिपिको सहयोगमा प्रतिवेदनको अध्ययन तथा प्रकाशन गरिएको हो ।
–––

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button