मुख्य समाचारसमाचार

काठमाडौं क्षेत्र नम्बर ५ बाट ईश्वर पोखरेल, प्रदीप पौडेल र रञ्जु दर्शनाको उम्मेदवारी

Gobal IME Bank

काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नेकपा एमालेले जनताको हीतका लागि काम गरेकाले चुनाव जित्नेमा विश्वस्त रहेको बताउनुभएको छ ।
वरिष्ठ उपाध्यक्ष पोखरेलले आईतवार दिउँसो टोखास्थित निर्वाचन कार्यालय पुगेर काठमाडौ क्षेत्र नम्बर ५ बाट प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवारी दर्ता गराउँदै यस्तो बताउनुभएको हो ।

यसअघि पनि सोही निर्वाचन क्षेत्रबाट निर्वाचित पोखरेलसँग यो पटक सत्ता गठबन्धनका तर्फबाट काँग्रेसका प्रदीप पौडेल प्रतिष्पर्धी हुनुहुन्छ । सञ्चारकर्मीहरुसँगको कुराकानीमा नेता पोखरेलले नेकपा एमालेले गत ५ वर्षमा जनताको प्रतिष्ठामा आँच आउने कुनै काम नगरेको भन्दै जनतासँग पार्टीका विचार बोकेर जाने बताउनु भयो । पार्टीका नेताहरु घनश्याम भुसाल र डा. भीम रावललाई टिकट नदिएको बारे सञ्चारकर्मीहरुको प्रश्नमा उहाँले विभिन्न स्थानमा विभिन्न व्यक्तित्वहरु छुट्नुभएको उल्लेख गर्दै यस बारेमा पार्टी नेतृत्वले बुझेर अघि बढेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘जनताको हीतमा हामीले यो ठाउँमा धेरै काम गरेका छौँ । धेरै समस्यालाई समाधान गर्ने कुरामा केन्द्रित भएर काम गर्दै आएका छौँ । गठबन्धन हामीले स्थानीय तहको निर्वाचनमा पनि देख्यौँ । नेकपा एमालेको राजनीतिक प्रतिष्ठा जनताको बीचमा जुन छ, त्यो प्रतिष्ठामा आँच पुग्ने कुनै गतिविधि भएका छैनन् । हामी हाम्रा विचार लिएर आएका छौँ । हामीले हिजोको भन्दा पनि थप हाम्रो अवस्थालाई सबल बनाएका छौँ ।

उहाँहरु मत्रै होइन, विभिन्न स्थानमा विभिन्न व्यक्तित्वहरु छुट्नुभएको छ, पार्टी नेतृत्वले सबै कुरा बुझ्छ ।’
त्यस्तै काठमाडौं क्षेत्र नम्बर ५ बाट नै सत्तारुढ गठबन्धनको उम्मेदवार बन्नुभएका नेपाली काँग्रेसका नेता प्रदीप पौडेलले संघीय राजधानी, राजधानी जस्तो नभएकाले राजधानी बनाउन आफ्नो उम्मेदवारी रहेको बताउनु भयो । उहाँले मुलुकलाई स्थिरता र सुशासन दिनका लागि आफ्नो उम्मेदवारी भएको बताउनु भयो ।

उहाँले शुसाशन कायम गर्ने, भ्रष्टाचार शुन्य गर्ने, नागरिकको विकासका लागि हामी काम गर्ने प्रतिवद्धता समेत जनाउनु भयो । नेता पौडेलले गठबन्धनका प्रतिनिधिलाई चुन्दा पछुताउनुपर्ने अवस्था नआउने दाबी गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘यो राजधानीको केन्द्र हो, यहाँ हुने गतिविधिले देशलाई सन्देश प्रवाह गर्छ । यो मुलुकमा सुशासन कायम गर्नको निम्ति कतै खोट नदेखिने गरेर काम गर्नेछौँ ।

शुसाशन कायम गर्ने, भ्रष्टाचार शुन्य गर्ने, नागरिकको विकासका लागि हामी काम गर्नेछौँ । राजधानी राजधानी जसरी विकास हुन सकेको छैन । हामीलाई प्रतिनिधि बनाउँदा जनतालाई पछुताउनुपर्ने अवस्था आउने छैन ।’
नेता पौडेलले आफूसँग जितको आधार प्रशस्त रहेको बताउनु भयो । काठमाडौं क्षेत्र नम्बर ५ बाट नै स्वतन्त्र उम्मेदवार रञ्जु दर्शनाले पनि उम्मेदवारी दिनुभएको छ । त्यस्तै कलाकार मधुसुदन पाठकले पनि स्वतन्त्र उम्मेदवारको रुपमा मनोनयन दर्ता गराउनुभएको छ ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button