समाचार

बालेन्द्रको चुनौती बनिरहेको फोहोर मंगलबारबाट उठ्ने -GoodNews24

Gobal IME Bank

काठमाडौँ, २३ जेठ, काठमाण्डौका मेयर बालेन्द्रको चुनौती बनिरहेको काठमाडौंको फोहोर मंगलबारबाट उठ्ने भएको छ । सरकार र फोहोर फाल्ने क्षेत्रका वासिन्दाबीचको सहमति भएपछि मंगलबारदेखि काठमाडौंको फोहोर व्यवस्थापन हुने भएको छ । शहरी विकास मन्त्रालय र काठमाडौं महानगरपालिका र स्थानीय वासिन्दाबीच त्रिपक्षिय छलफल पछी सोमबार सहमति जुटे संगै मंगलबाट नै फोहोर ब्यवस्थापन हुने भएको हो । गत १४ जेठबाट काठमाडौं महानगरपालिका, ललितपुर महानगरपालिका र अन्य नगरपालिकाहरुको फोहोर उठ्न सकेको थिएन । बञ्चरेडाँडाको ल्याडफिल साइटमा उपयुक्त विधिअनुसार फोहोर विसर्जन गर्न दिन नुवाकोटको ककनी गाउँपालिका र धादिङको धुनिबेसी नगरपालिका सहमत भएका हुन् ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button