मुख्य समाचारसमाचार

काभ्रे २ बाट एमालेका गोकुल बाँस्कोटा पुनः निर्वाचित

Gobal IME Bank

काभ्रे । काभ्रे क्षेत्र नं २ मा नेकपा एमालेका नेता गोकुल बाँस्कोटा निर्वाचित हुनुभएको छ । प्रतिनिधिसभामा सदस्यका लागि बाँस्कोटाले नेपाली कांग्रेसका उम्मेदवार शिवप्रसाद हुमागाईंलाई परिाजित गर्दै जित हाँसिल गर्नुभएको हो ।

हुमागाईंलाई ५ हजार ८ सय ६३ मतान्तरले बाँस्कोटाले पराजित गर्नुभएको हो ।

बाँस्कोटाले जम्मा ४५ हजार ३ सय ४५ मत प्राप्त गर्नुभएको थियो । यता हुमागाईंले भने ३९ हजार ५ सय ८२ मत प्राप्त गर्नुभएको थियो ।

सोही क्षेत्र नम्बरबाट उम्मेदवार बन्नुभएका राष्ट्रिय स्वतन्त्र पार्टीका दिनेश हुमागाईंले भने जम्मा १० हजार ५ सय ८६ मत मात्रै प्राप्त गर्नुभयो । यसअघि सोही क्षेत्रबाट २०७४ सालमा पनि बाँस्कोटा निर्वाचित हुनुभएको थियो ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button