समाचार

आगामी निर्वाचनबाट एमाले सरकारमा फर्किन्छ : ओली

Gobal IME Bank

काठमाडौँ, ४ साउन । प्रतिपक्षमा रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी चुनावबाट एमाले सरकारमा फर्किनुपर्ने भन्दै त्यसको तयारी गर्न कार्यकर्ताहरुलाई ध्यानआकर्षण गरेका छन् । आज बागमती प्रदेशस्तरीय भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले उक्त निर्देशन दिएका हुन ।
उनले आगामी मंसिरमा हुने चुनाव गर्नै पर्ने भन्दै यसबीचमा भ्रष्टाचार र बेथितिविरुद्ध संघर्ष गर्नुपर्ने र जनताहरुलाई सरकारले दिएका दुःख, कष्ट र पीडालाई अन्त्य गर्नुपर्ने बताएका छन । ओलिको समयमा ‘देशको समृद्धिको विकासले जुन लय समातेको थियो, त्यस लयलाई फेरि प्राप्त गर्ने र अगाडि बढ्ने, त्यस्तो एमाले सरकारको गठन आगामी निर्वाचनबाट गर्नुपर्ने छ,’ उनले भने, ‘यी उद्देश्य प्राप्त गर्ने गरी हामी अगाडि बढ्नुपर्ने छ । ”
राष्ट्रियता, विकास, सुशासनलाई उपयुक्त ढंगले बढाउन एमालेको सरकारले मात्र सक्ने ओलीलेकाे भनाइ छ । तर सरकारले विभिन्न बहाना बनाएर निर्वाचनको मिति पछि सार्ने प्रयास गरिरहेको ओलीले बताए । यो अघि पनि यस्तै प्रतिकिर्या राखेका थिए ।

– खेल राज कार्की

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button