समाचार

ललितपुर नगर प्रहरीले विद्युतीय स्कुटरमा गस्ती -Good News 24

Gobal IME Bank

साउन ५, काठमाडौं । ललितपुर महानगरपालिकाकाे नगर प्रहरीले ‘क्विक रेसपोन्स टिम’ बिहीवारबाट शुभारम्भ गरेको छ । यो विद्युतीय स्कुटर मार्फत गस्ती गर्ने नयाँ सेवा हो । बिहीबार एक कार्यक्रमका बीच मेयर चिरिबाबु महर्जनले नगरप्रहरीलाई स्कुटर हस्तान्तरण गर्दै गस्तीको शुभारम्भ गरेका थिए । अहिलेसम्म नगर प्रहरीले साइकल र भ्यानमा गस्ती गर्दै आएका थिए ।
महानगरपालिकाले दिएको ५ वटा स्कुटरबाट नगर प्रहरीले गस्ती सुरु गरेका छन । नगरप्रहरी प्रमुख सिताराम हाछेथुले भने ‘सवारीमा जाम हुन्छ, गल्ली-गल्लीमा जानुपर्छ । यस्तो अवस्थामा ई-स्कुटर प्रभावकारी बन्नेछ ।”
उनले प्रहरीले जस्तै ‘क्युक रेसपोन्स टिम’का रुपमा लगातार सेवा दिने,  सुरक्षित र सुनिश्चित सेवाका निम्ती निरन्तर उदाहरणिय काम गर्ने सेमत जानकारी दिए ।
उनका अनुसार फोहोर व्यवस्थापन गर्न, फुटपाथ खुला राख्न र जथाभावी हुने पार्किङ व्यवस्थापन गर्न र साथै चक्रपथ बाहर पनि नगर प्रहरीको स्कुटर गस्ती सेवा प्रभावकारी हुनेछ ।—

-खेल राज कार्की

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button