मुख्य समाचारसमाचार

बागमती प्रदेश सभा सदस्य पदका उम्मेदवार मधुसुदन पौडेल, राजनीतिक पृष्ठभूमि !

Gobal IME Bank

सुभानु आचार्य
ललितपुर । नेपाल कम्युनिष्ट पार्टी (एमाले) ललितपुर क्षेत्र नं १ (१) बागमती प्रदेश सभा सदस्य पदका उम्मेदवार हुन् मधुसुदन पौडेल । यहाँका जनताको माझमा निकै चर्चा कमाउन एक सफल व्यक्तित्व हुन् पौडेल । उहाँ ललितपुरको कम्युनिष्ट राजनीतिको अग्रणी नेताको रुपमा समेत रहनुभएको छ ।

जिल्लामा हाल रहेका नेतृत्वकर्ताहरुमा सबैभन्दा अनुभवी, बौद्धिक तथा जनतामा भिजेका व्यक्तित्व भएका कारण पौडेलले यस पटकको निर्वाचनमा अत्यधिक मतले विजय हासिल गर्ने कुरामा कुनै शंका नरहेको यहाँका जनताहरु बताउछन् ।

पौडेलको राजनीतिक पृष्ठभूमि कस्तो ? 

पौडेलले आफ्नो राजनीतिक जीवनको शुरुवात नेपालको अग्रिणी विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन अनेरास्ववियु मार्फत गर्नुभएको थियो । उहाँ २०३९ सालमा नमूना मच्छिन्द्र क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको सभापति हुँदै नेपाल कमर्स क्याम्पसमा २०४३ सालमा स्ववियु सदस्य र २०४९ सालमा सभापतिमा पनि निर्वाचित भइसक्नुभएको छ ।

पौडेल अनेराश्ववियुको ललितपुर जिल्ला अध्यक्ष हुँदै वि.सं २०५१ सालमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) को ललितपुर जिल्ला कमिटी सदस्य, सोही साल एमालेको लगातार जिल्ला कमिटी सदस्य, २०५१ साल पश्चात एमाले ललितपुरको नेतृत्व सम्हाल्न पुग्नुभएका उहाँ २०५३ सालमा केन्द्रीय प्रचार विभाग प्रमुख र २०५५ सालमा विदेश विभाग प्रमुख समेत हुनुभएको थियो ।

किरोरावस्था देखि निरंकुश पञ्चायती व्यवस्थाको बिरुद्धमा लोकतन्त्र प्राप्तीको पक्षमा लड्दै आफूलाई सामाजिक र राजनीतिक आयाममा अगाडि बढाएका पौडेलले २०६२÷०६३ सालको जनआन्दोलनलाई सफल तुल्याउन ललितपुर जिल्लाका सबै दलको संयोजन गर्दै विशेष भूमिका निर्वाह गर्नुभएको थियो । यसैगरी उहाँले वि.सं २०६३ तथा २०६६ र २०६९ गरी लगातार ३ पटक एमाले ललितपुरको सचिवको रुपमा जिल्ला प्रमुखको भूमिका समेत कुशलतापूर्व बहन गरिसक्नुभएको छ ।

स्थानीय निकाय जनप्रतिनिधि बिहिन रहेको बेला तात्कालीन जिल्ला विकास समितिमा सर्वदलीय संयन्त्रमार्फत भौतिक विकासदेखि नीतिगत सुधारसम्म गरेका पौडेलले २०७८ सालमा गठित भूमि सम्बन्धी समस्या समाधान आयोग ललितपुर अध्यक्षको रुपमा रहेर लगभग ६ महिना कार्य गर्दै गर्दा गठबन्धन सरकारले आयोग विघटन गरेका कारण सो समस्या समाधान गर्न नपाउँदा उहाँले ज्यादै पिडा बोध भइरहेको गुनासो गर्नुभएको छ । “मेरै छरछिमेकमा पनि यस्ता समस्या भएका धेरै व्यक्ति हुनुहुन्छ । उहाँहरुको दुःखमा मलम लगाउने जिम्मेवारी अझै पनि मेरो रहने छ”, उहाँले भन्नुभयो ।

व्यवस्थापन र समाजशास्त्र विषयमा स्नात्तकोतर तहसम्मको अध्ययन हासिल गरेका पौडेल जनताका हरेक दुःख र सुखको सारथी बनेर जनताको घरदैलोमा पुग्ने राजनीतिककर्मीको रुपमा ललितपुरभर परिचित हुनुहुन्छ । पौडेल हाल एमाले बागमती प्रदेश संगठन विभाग सचिवको जिम्मेवारीमा रहँदै प्रदेशसभा सदस्यको लागि खडा हुनुभएको छ ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button