मनोरञ्जनमुख्य समाचारसमाचार

‘कालो केशमा रेलिमई’ को सफलतापछि गायक एवं सर्जक ढकालले ल्याए ‘कालो केशमा रेलिमई-२’ – Good News 24

Gobal IME Bank

काठमाडौं । ‘कालो केशमा रेलिमई’ को सफलतापछि गायक एवं सर्जक दिनेश ढकालले ‘कालो केशमा रेलिमई-२’ पनि दर्शक श्रोता सामु ल्याएका छन् ।

ढकाल गतवर्ष उनले सार्वजनिक गरेको ‘कालो केशमा रेलिमई’ गीतबाट नेपाली सांगितिक क्षेत्रमा उदाएका गायक हुन् । सो गीतलाई दर्शक-स्रोता ले निकै नै रुचाएका थिए । आफ्नै शब्द, संगीत एवं स्वरमा सार्वजनिक ‘कालो केशमा रेलिमई’ उनको पहिलो गीत थियो । सो गीतको राम्रो प्रतिक्रियापछि भने उनले पुनः ‘कालो केशमा रेलिमई’ को दोस्रो भाग दर्शकसामु ल्याएका हुन् ।

गीतमा गायक एवं सर्जक ढकालको नै शब्द, संगीत एवं स्वर रहेको छ ।

म्युजिक भिडियोमा आकाश कार्की, निकिता आचार्य, स्वयम् दिनेश ढकाल, विकाश आचार्य, सागर त्रिपाठी, र राज बस्नेतको अभिनय देख्न सकिन्छ । उक्त म्युजिक भिडियोको डिरेक्श्न र सम्पादन गर्ने काम भने मानव सुवेदीले गरेका छन् । गीतलाई नेप मेलोको अफिसियल युट्युबमार्फत सार्वजनिक गरिएको छ ।

Laxmi sunrise bank
Worldlink

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Sagarmatha cement
Back to top button